२४ मंसिर २०८२, बुधबार | December 11, 2025

रुपन्देहीको फर्साटिकरमा भोलीदेखी दोस्रो शुद्धोदन उद्योग वाणिज्य कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु हुँदै



बुटवल । रुपन्देहीको शुद्धोदन गाउँपालिका-६ फर्साटिकरमा भोली मंसिर २४ गतेदेखि ‘दोस्रो शुद्धोदन उद्योग वाणिज्य कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव-२०८२’ सुरु हुने भएको छ । शुद्धोदन उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको दोस्रो महोत्सवका तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष लालमणी श्रेष्ठले महोत्सवको उद्देश्य स्थानीय उत्पादनको प्रवर्द्धन र बजार विस्तार गर्ने रहेको बताए। कृषि, पशुपालन, तरकारी, खाद्यान्न, फलफूल, घरेलु तथा साना उद्योगका उत्पादनलाई सार्वजनिक प्रदर्शनीमार्फत व्यापक रुपमा प्रस्तुत गरिने उनले जानकारी दिए । साथै, महोत्सवले स्थानीय व्यापारी, उद्यमी, उद्योगी तथा सहकारी संस्थाबीच समन्वय बढाउँदै व्यापारिक अवसरलाई थप सुदृढ गर्ने विश्वास व्यक्त गरे ।

संघका महासचिव विष्णु पंगेनीका अनुसार महोत्सवमार्फत शुद्धोदन क्षेत्रका ऐतिहासिक, प्राकृतिक, धार्मिक तथा सांस्कृतिक गन्तव्यहरूको प्रचार-प्रसार गरिनेछ । त्यस्तै, उपाध्यक्ष तथा मेला संयोजक कृष्णप्रसाद सुवेदीले महोत्सव स्थानीय उत्पादनको ब्रान्डिङका लागि महत्वपूर्ण हुने उल्लेख गर्दै छपियाको माछालाई विशेष रूपमा प्रवर्द्धन गर्ने तयारी गरिएको बताए ।

करिब ३ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा ५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने आयोजक संघको अनुमान छ । पौष ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा १२० भन्दा बढी स्टल सहभागी हुने बताइएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ८ : ०५ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल