२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

विराटनगरले टस जितेर फिल्डिङ रोज्यो, सुदूरपश्चिम ब्याटिङमा



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पहिलो क्वालिफायरमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

मंसिर २३ गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा विराटनगरका कप्तान सन्दीप लामिछानेले बलिङ रोज्दै प्रतिद्वन्द्वी टोलीलाई ब्याटिङका लागि आमन्त्रण दिए ।

यसअघि लिग चरणमा आमनेसामने हुँदा विराटनगरले सुदूरपश्चिमको अपराजित यात्रामा रोक लगाएको थियो । सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमै चार विकेट गुमाएर भेट्टाएको थियो, जसका कारण आजको महत्वपूर्ण खेलमा सुदूरपश्चिमलाई त्यस्तै आक्रमक प्रदर्शन दोहोरिन सक्ने भय छ ।

लिगमा सुदूरपश्चिम ७ खेलमध्ये ६ जितसहित १२ अंक बटुलेर अंकतालिकाको शीर्ष स्थानमा थियो । विराटनगर १० अंकसहित दोस्रो स्थानमा परेको थियो ।

कीर्तिपुरमा दिउँसो ४ बजेदेखि शुरु हुने पहिलो क्वालिफायरमा विजयी टोलीले सोझै फाइनल प्रवेश पक्का गर्नेछ । पराजित टोलीले भने बुधबार हुने इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्दै फाइनलको सम्भावना जोगाउनुपर्नेछ ।

इलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्ने तालिका छ ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ३ : ५२ बजे

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

राँझा । यहाँको डुडुवा गाउँपालिका-५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको

दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै

गलकोट । एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबार

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौं । सरकार र जेनजीबीच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई

आज अन्तरराष्ट्रिय पर्वत दिवस

काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव,

एनपीएल दोस्रो क्वालिफायरमा आज लुम्बिनी र विराटनगर भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज