६ श्रावण २०८३, बुधबार | July 22, 2026

एनपीएल इलिमिनेटर : काठमाडौं र लुम्बिनी पहिलोपटक प्लेअफमा आमनेसामने



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको इलिमिनेटरमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदै छन् । एनपीएलको इतिहासमा यी दुवै टोली पहिलोपटक प्लेअफ चरणमा प्रवेश गरेका हुन् । पहिलो संस्करणमा काठमाडौं पाँचौं र लुम्बिनी पुछारमै सीमित भएका थिए ।

यस संस्करणमा भने काठमाडौं सात खेलबाट १० अंक बटुल्दै तेस्रो स्थानमा रह्यो भने लुम्बिनीले समान खेलमा ८ अंकसहित चौथो स्थान सुरक्षित गर्दै प्लेअफमा स्थान बनायो ।

आजको भिडन्तमा लुम्बिनीले लिग चरणमा व्यहोरेको हारको बदला लिने लक्ष्य बनाएको छ । लिगमा काठमाडौंले लुम्बिनीलाई २२ रनले पराजित गरेको थियो । तीब्र प्रतिस्पर्धा हुने अपेक्षा गरिएको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा अपराह्न ४ बजे सुरु हुनेछ ।

इलिमिनेटर जित्ने टोलीले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ । मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा विराटनगर सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ६ : ३४ बजे

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९