६ श्रावण २०८३, बुधबार | July 22, 2026

एनपीएल एलिमिनेटरमा काठमाडौं पराजित, लुम्बिनी दोस्रो क्वालिफायरमा



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत बुधबार सम्पन्न एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्ससँग पराजय भुगत्दै प्रतियोगिताबाट बाहिरिएको छ । एलिमिनेटरमा हारसँगै काठमाडौं यो सिजनको चौथो स्थानमा सीमित भएको छ ।

एलिमिनेटरको जितसँगै लुम्बिनी लायन्सले फाइनल प्रवेशकाे सम्भावना कायम राखेको छ । अब दोस्रो क्वालिफायरमा लुम्बिनीले पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायर जितेर सुदूरपश्चिमले फाइनल स्थान सुनिश्चित गरिसकेको छ । विराटनगर र लुम्बिनीबीचको दोस्रो क्वालिफायर विजेताले उपाधिका लागि सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो क्वालिफायरमा पराजित हुने टोली यो सिजनको तेस्रो स्थानमा रहनेछ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौंले टस जितेर पहिले ब्याटिङ गर्दै ११२ रनको सामान्य योगफल बनाएको थियो । लक्ष्य पछ्याउन मैदान उत्रिएको लुम्बिनीले १७ ओभर ४ बलमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै ११२ रन जोड्यो ।

काठमाडौंको कमजोर ब्याटिङ नै उसको पराजयको मुख्य कारण बन्यो । ९ ओभरको पाँचौं बलसम्म काठमाडौं ६ विकेट गुमाउँदै ५१ रनमै सीमित भएको अवस्था थियो । यस्तो दयनीय स्थितिमा ब्याटिङमा आएका सन्तोष यादवले टोलीका लागि सर्वाधिक २३ रन जोडे र रनआउट भए । मोहम्मद अदिल आलमले १८ रन, जोन सिम्पसनले १८ रन र भीम सार्कीले १४ रन थपे ।

ओपनर बेन चाल्सवर्थ ५, आकाश त्रिपाठी १, सन्नी पटेल ७ र मिलिन्द कुमार २ रनमै आउट हुँदा काठमाडौंले सुरुवातमै दबाब झेल्नु पर्‍यो । कप्तान करण केसीले ९ रन जोडे ।

लुम्बिनीका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । शेर मल्ल र कप्तान रोहित पौडेलले समान ३-३ विकेट हात पारे । रुवने ट्रम्पेलम्यानले ओपनर चाल्सवर्थ र सन्नी पटेललाई आउट गर्दै काठमाडौंलाई थप दबाबमा पारे भने अभिषेक गौतमले १ विकेट लिए ।

सहज लक्ष्य पाएका लुम्बिनीका ओपनर डीआर्सी सर्टले सर्वाधिक ३३ रन जोडे । अर्का ओपनर दिनेश अधिकारी ५ बलमा ४ रनमै आउट भए । कप्तान रोहित पौडेलले २५ बलमा १८ रन बनाए भने सन्दीप जोराले २३ बलमा समान २३ रनकाे योगदान दिए ।

लुम्बिनीको समन्वित प्रदर्शनसँगै उनलाई अब फाइनल स्थानका लागि विराटनगर किंग्ससँग अर्को संघर्ष गर्नुपर्नेछ ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ७ : २३ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज