१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’



काठमाडौँ । सौन्दर्य व्यवसाय महिलाको सुन्दरतासँग मात्र नभइ उनीहरूको अर्थोपार्जनसँग अन्योन्याश्रित भएकाले यस क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ । ललितपुरको कुमारीपाटीमा आज आयोजित कार्यक्रमका वक्ताहरूले सौन्दर्य व्यवसायले देशकै अर्थतन्त्रमा योगदान पुर्याएकाले यस क्षेत्रको प्रवर्द्धनका लागि सबै क्षेत्रको सहयोग आवश्यकता रहेको औँल्याए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्वअध्यक्ष भवानी राणाले सौन्दर्य व्यवसाय महिलाको सुन्दरतासँग मात्र सीमित गर्न नहुने बताउँदै यस व्यवसायलाई जनजीविकासँग जोडेर हेर्नुपर्ने बताइन् । उनले सौन्दर्य व्यवसायसँग सम्बन्धित उद्यमशीलतालाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइन् ।

पूर्वमिस नेपाल रुबि राणाले सौन्दर्य व्यवसायले बेरोजगारी न्यूनीकरण, महिलामा आत्मनिर्भरताको प्रवर्द्धन र सीप विकासमा सहयोग पुर्याएकाले यो क्षेत्र महिलाको क्षमता विकाससँग गाँसिएको बताइन् । उनले यस क्षेत्रलाई महिलाको आर्थिक सशक्तीकरणको पाटोबाट पनि हेरिनुपर्ने बताइन् ।

सौन्दर्य क्षेत्रलाई व्यसाय बनाएर सफल उद्यमी बनेकी ब्युटीसिएन चिनु गुरुङले ‘गुरुङ ब्युटीपार्लर तथा ब्युटी एकेडेमी’ को ३०औँ वार्षिकोत्सवका अवसरमा ललितपुरको कुमारीपाटीमा नयाँ शाखा विस्तार गरिएको जानकारी दिइन् । उनले नेपालको अग्रणी सौन्दर्य सेवा तथा तालिम प्रदायक संस्थाले व्यवसाय प्रवर्द्धनमात्र नभइ महिलाको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान गरेको दाबी गरिन् ।

सन् १९९५ मा स्थापना भएको उक्त संस्थाले विगत तीन दशकदेखि सौन्दर्य सेवा तथा तालिममार्फत सयौँलाई रोजगारी प्रदान गर्दै आएको छ । संस्थाले सीपमूलक तालिममार्फत युवा तथा महिलालाई उद्यमशीलतामा समाहित गराउँदै आएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ९ : २९ बजे

सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको

स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष

खजुरा क्यान्सर अस्पतालमा आजबाट लिक्विड अक्सिजन प्लान्ट संचालनमा

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल