१८ चैत्र २०८२, बुधबार | April 2, 2026

विधान महाधिवेशनको निर्णय ३ महिना पूरा नुहँदै उल्टियो, १९ पदाधिकारी ३०१ सदस्सीय केन्द्रीय कमिटी



काठमाडौं । तामझामका साथ गरिएको बिधान महाधिवेशन सकिएको ३ महिना पूरा नहुँदै नेकपा एमालेले विधान महाधिवेशनका अधिकांस निर्णयहरु उल्ट्याएको छ । एमालेको आज बसेको केन्द्रीय समितिको बैठकले नेताहरुकै विरोधका बीच एमाले विधान महाधिवेशनको निर्णय उल्ट्याएको हो ।

बैठकले विधान महाधिवेशनको निर्णय उल्ट्याउँदै पदाधिकारी र स्थायी कमिटीको संख्या पुरानै कायम गरेको छ । विधान महाधिवेशनले पदाधिकारीको संख्या १५ र स्थायी कमिटी नरहने व्यवस्था गरेको थियो ।

अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा केन्द्रीय कमिटीको आकार बढाउने देखि स्थायी समिति र पोलिटव्युरो बनाउने सम्मको निर्णय केन्द्रीय कमिटीले गरेको छ । नयाँ निर्णय अनुसार अध्यक्ष एक, उपाध्यक्ष ५, सचिव ९, महासचिव १, उपमहासचिव ३ बनाइएको छ । यसैगरी ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटव्युरो बनाइएको छ । यसरी जम्मा केन्द्रीय कमिटीलाई विधान महाधिवेन पूर्व रहेकै संख्या ३०१ सदस्यीय बनेको छ ।

गत भदौमा मात्र भएको विधान महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय समितिको संख्या घटाएर २५१ सदस्यीय बनाइएको थियो । विधान महाधिवेशनबाट टुंगो लगाइसकेको विषयलाई फेरि संशोधन गर्न खोजिएको भन्दै कतिपय केन्द्रीय सदस्यहरुले विरोध जनाएका थिए ।

बैठकमा एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान परिस्थितिले केन्द्रीय समितिको संख्या बढाउन नभनेको बताएका थिए । उनले संख्या बढाउँदैमा एमालेको क्षमता बढ्ने के ग्यारेन्टी छ ? भन्दै प्रश्न समेत गरेको बैठकमा सहभागी एक नेताले बताए । पोखरेलले दुई कार्यकालको ब्यवस्था पनि उल्ट्याउने प्रस्ताव किन नआएको भन्ने प्रश्न पनि गरे ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  १ : ४० बजे

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”