२८ मंसिर २०८२, आइतबार | December 14, 2025

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामूहिक नेतृत्व प्रणालीमा जानुपर्नेमा जोड दिएका छन् ।

भृकुटीमण्डपमा आजदेखि सुरु भएको पार्टीको ११औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीमा सामूहिक नेतृत्व प्रणाली सुदृढ गर्न आवश्यक रहेको र विधि तथा पद्धतिबाट पार्टी अगाडि बढ्नुपर्ने बताए । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको पार्टी जीवनको लोकतान्त्रिक अवधारणा व्यवहारत कार्यन्वयन हुनुपर्ने बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीले अनुभव र कमजोरीबाट पाठ सिक्दै अगाडि बढ्नुको विकल्प नभएको बताए । उनले पार्टीले सरकारको नेतृत्व गरिरहँदा जेनजी आन्दोलन हुँदा कमी कमजोरीको समीक्षा गर्नुपर्ने बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रस्तुत गरेको अवधारणा पत्र प्रतिनिधिहरुलाई बन्द सत्रमा विवरण गरिएको थियो ।

वामपन्थी विचार बोक्नेसँग एकताको पक्षमा वरिष्ठ उपाध्यक्ष पोखरेलको धारणा छ । पार्टी जीवनमा लोकतन्त्र कमजोर हुने हो भने पार्टी कमजोर हुने उनको भनाइ थियो । यही मङ्सिर २७ गतेदेखि सुरु भएको एमालेको ११औँ महाविधेशनअन्तर्गत आजदेखि भृकुटीमण्डपमा बन्दसत्र सुरु भएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ७ : २६ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर