२९ मंसिर २०८२, सोमबार | December 16, 2025

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश



बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११ औं महाधिवेशनको बन्दसत्र सुरु भएकै दिन नेकपा एमाले रुपन्देहीका सचिव तथा सैनामैना नगरपालिकाका पूर्व नगर प्रमुख चित्रबहादुर कार्कीले एमाले परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।

नेकपा एमाले रुपन्देहीका वर्तमान सचिव एवं एमाले उपाध्यक्ष विष्णु पौडेलका पूर्व स्वकिय सचिव पूर्वनगर प्रमुख कार्की आइतबार उक कार्यक्रमका बीच रास्वपा प्रवेश गरेका हुन् ।

उनलाई रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले, प्रवक्ता मनिस झा लगायतका नेताले रास्वपामा स्वागत गरेका थिए । कार्की सँगै नेकपा एमाले प्रदेश सदस्य पदम ज्ञवाली लगायतका नेताहरू रास्वपा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै रास्वपा पार्टी सभापति रवि लामिछानेमाथि प्रतिशोध साँधेर मुद्दा लगाइएको बताए । उनले आगामी निर्वाचनमा जनताले त्यसको जवाफ दिने बताए ।

पार्टी प्रवेश गर्दै कार्कीले रास्वपाको नीति, सिद्धान्त र विचार अंगिकार गरेर पार्टीलाई नगर र जिल्लामा बलियो बनाउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ८ : ३० बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको