१३ भदौ २०८३, शनिबार | August 29, 2026

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ



धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको बनेपामा आज आयोजित उज्यालो नेपाल पार्टीको जिल्ला भेलामा उनले वैकल्पिक शक्ति बन्ने भनेर आएका सबै मिलेर अगाडि बढ्नुपर्ने र त्यसको अगुवाई उज्यालो नेपाल पार्टीले गर्नुपर्ने बताए ।

मन्त्री घिसिङले पार्टीमा सबैलाई जोड्दै अगाडि बढ्नसमेत नेतृत्वलाई आग्रह गर्दै काम गर्दा चुनौती आउने र त्यसलाई सामना गरेर अगाडि बढ्न सकेमा नै परिवर्तन सम्भव हुने धारणा राखे । “जेनजी पुस्ताको आन्दोलनपछि जुन हिसाबले यो सरकार परिवर्तन भएको छ, यसले गर्ने निर्वाचन पछिको सरकार कस्तो हुने भन्ने कुरा झन् महत्त्वपूर्ण छ”, उनले भने, “त्यो सरकारको नेतृत्व वैकल्पिक शक्ति भन्नेहरु सबै मिलेर गर्नुपर्छ । उज्यालो नेपाल पार्टीले त्यसको अगुवाइ गर्छ ।”

कार्यक्रममा उक्त पार्टीका केन्द्रीय सदस्य ज्ञानेन्द्र तामाङले सामाजिक न्याय, सुशासन र समृद्धि ल्याउनका लागि आफैँ अनुशासित भएर लाग्न आवश्यक रहेको बताए । अर्का केन्द्रीय सदस्य शङ्कर ढकालले पार्टी मध्यमार्गी धारबाट अगाडि बढ्ने र कुलमानको नेतृत्वमा विद्युत्को क्षेत्रमा अँध्यारोबाट उज्यालोतर्फ अगाडि बढाएजस्तै अब देशलाई अगाडि बढाउन भूमिका खेल्ने धारणा राखे ।

केन्द्रीय सदस्य रिमा विश्वकर्माले दक्ष्य र योग्य व्यक्तिलाई जिम्मेवारी दिएर देश बनाउनका लागि लाग्नुपर्ने धारणा राखिन् । उनले आफ्नो पेसा र धर्म कलाकारिता भए पनि इमान्दार र लगनशील भएर धर्म पछ्याइरहँदा पनि परिवर्तनका लागि कलिला भाइबहिनीले राजनीतिक जागरणको बीउ रोपेकाले आफू पनि राजनीतिमा होमिएको बताइन् ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु जितराम लामा, ज्योत्सना सैंजु, सुमी लामालगायतले धारणा राखेका थिए । उज्यालो नेपाल पार्टीको जिल्ला भेलाले क्षितिज लामाको संयोजकत्वमा जिल्ला समिति गठन गरेको छ । त्यस्तै युवा हेर्ने कमितिको संयोजकमा निशान्त रत्न बास्ताकोटी र सहसंयोजकमा अविरल लामालाई जिम्मा दिएको र समितिलाई पछि पूर्णताः दिइने पार्टीका केन्द्रीय सदस्य जितराम लामाले बताए ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ६ : २४ बजे

नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

काठमाडौं । अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी-२० सिरिजमा

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर । भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा)

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

महोत्तरी । मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

भोटेकोशी बाढी : एक हजार ४७३ को उद्धार , ५५३ जनाको शव फेला

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा