३० चैत्र २०८२, सोमबार | April 13, 2026

सरकारले छुट्यायो गरीब र असहायको नि:शुल्क उपचार गर्न १५ अस्पताल



काठमाडौँ । गरिब तथा विपन्न वर्गले प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क लिन सरकारले तोकेका १५ वटा अस्पतालमा पुग्न पर्ने भएको छ ।

प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७७ जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यस्तो सेवा लिन तोकिएको अस्पतालमा मात्र सेवा दिने व्यवस्था गरेको हो ।

मन्त्रालयले तोकेको अस्पतालहरुमा काठमाडौँ उपत्यकाका लागि त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, बीपी कोइराला लायन्स सेन्टर फर अप्थाल्मिक स्टडिज, कान्ति बाल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल र गंगालाल राष्ट्रिय हृदय केन्द्र हरेका छन् ।

उपत्यका बाहिर गरिव तथा असहायले प्रारम्भिक स्वास्थ्य सेवा निशुल्क लिन कोसी अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल, डडेलधुुरा अस्पताल र महाकाली प्रादेशिक अस्पताललाई मन्त्रालयले प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क कार्यक्रमको लागि छनौट गरेको छ । सरकारको यो निर्णयले नेपालमा सबै भन्दा बढी गरिबीको रेखामुनी रहेका कर्णाली प्रदेश अन्तर्गत मुगु, कालिकोट, हुम्ला लगायतका गरिव तथा असहायहरु सेवा लिनका लागि सुर्खेत पुग्नु पर्ने भएको छ ।

मन्त्रालयले कार्यक्रमको सुरुवातमा सम्बन्धित अस्पतालहरुलाई केही बजेट पेश्कीको रुपमा पठाउने तयारी मन्त्रालयले गरेको छ । त्यसरी सेवा दिँदा लागेको खर्च रकम सोधभर्नाको लागि पेश गर्दा इकाइ मूल्य स्वास्थ्य बीमा बोर्डको अधिकतम मूल्य भन्दा बढी हुनु नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस कार्यक्रमको अनुगमन तथा निरीक्षण संघ र प्रदेशका सम्बन्धित निकायहरुले आवश्यकता अनुसार कम्तीमा वर्षमा दुई पटक गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएकोे छ । कान्ति बाल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टरलगायत केही अस्पतालले यो सेवा सुरु गरिसकेका छन् ।

न्युनतम आयश्रोत भएका नागरिकहरुको बसोबास रहेका प्रदेश नम्बर ३ मा ८ वटा अस्पतालमा यस्तो सेवा दिईने भएको छ भने सबै भन्दा कम आयश्रोत रहेको कर्णाली प्रदेशमा एउटा अस्पतालमा मात्र गरिव र असहायका लागि छनौट गरिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ५ : ३९ बजे

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका

देश ‘प्रयोगशाला’ बन्दै गएको पूर्वराजा ज्ञानेन्द्रको टिप्पणी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त

सभामुख अर्यालद्वारा तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालले संसद् भवन निर्माणप्रति चासो

राष्ट्रिय अपाङ्ग महासंघको १० औँ महाधिवेशनबाट देविदत्त आचार्यको नेतृत्वमा नयाँ समिति चयन

बुटवल । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको १० औँ महाधिवेशन बुटवल

गृहमन्त्रीलाई जेनजी नेतृ रक्षा बमको सुझाव- ‘गरिबीलाई अपराध नठान्नुस्’

काठमाडौं । जेनजी नेतृ रक्षा बमले गृहमन्त्री गुरुङलाई सार्वजनिक अभिव्यक्तिप्रति