२६ माघ २०८२, सोमबार | February 9, 2026

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता



काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार उनीहरू सर्वसम्मत निर्वाचित भएका हुन् ।

उनका अनुसार लुम्बनी प्रदेशबाट ४० वर्ष उमेरमुनिका लिलामणि गौतम र सोही प्रदेशबाट महिला केन्द्रीय सदस्यमा गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तिदेवी ढकाल सर्वसम्मत निर्वाचित भएका छन् ।

यस्तै केन्द्रीय सदस्य युवा (४० वर्ष मुनि) बाट नरेश रोकाया र सुशिलकुमार थापा, मधेस प्रदेशबाट ४० वर्ष मुनिको उमेर समूहबाट केन्द्रीय सदस्यमा अमरकुमार यादव र रौनित साह, मुस्लिम महिला खाजिदा खातुन सिद्धिकी, पिछिडिएको क्षेत्र महिलाबाट वदमी क्वारी बुढा (वोहरा) र प्रवास दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् ।

यस्तै दुई जना उम्मेदवारको निर्वाचन खारेजी गरिएको छ । केन्द्रीय सदस्यका उम्मेदवार पासाङ् शेर्पा र धर्मलाल गिरी उम्मेदवारी खारेजी भएको निर्वाचन आयोगका उपाध्यक्ष पोखरेलले जानकारी दिए ।

उम्मेदवार पासाङको बहुबिवाह मुद्दामा दोषी ठहर भएका कारण उम्मेदवारी खारेज भएको बताइएको छ । उनी बहुविवाहमा पक्राउ परी कैदवापतको रकम बुझाएर छुटेका थिए।

उनलाई एक वर्ष जेल र ५ हजार जरिवानाको फैसला अदालतले गरेको थियो। उनलाई प्रहरीले कात्तिक १८ गते पक्राउ गरेको थियो।

कैदवापत दिनको ३०० को दरले कूल एक लाख ९ हजार ५ सय बुझाएर उनी छुटेका थिए।

उनले एमाले महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए। तर उनको उम्मेदवारी पार्टी निर्वाचन आयोगले मापदण्डविपरीत भन्दै खारेज गरिदिएको छ।

यस्तै एक उपमहासचिवसहित १४ जना केन्द्रीय उम्मेदवारले फिर्ता लिएका छन् । उपमहासचिव पदमा उम्मेदवार दिएका राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । एमालेको भृकुटीमण्डपमा जारी महाधिवेशनको आज नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै छ । निर्वाचनमा दुई हजार २६३ जना प्रतिनिधिले भाग लिनेछन् ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ४ : ३६ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान्

नेपालमै पहिलोपटक सालक सम्मेलन माडीमा सुरु

चितवन । नेपालमा पहिलोपटक सालकसम्बन्धी सम्मेलन आज चितवनको माडीमा सुरु

चितवन क्षेत्र नम्बर १ : महिला मतदाता बढी उम्मेदवार कम

चितवन । चितवनका तीन नगरपालिका समेटिएको क्षेत्र नम्बर १ मा

दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको