१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

फागुन २१ मै निर्वाचन हुनुपर्छ तर सरकारको कामले आशंका बढायो : शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१ गते नै निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्।

आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका–४ का स्थानीय नेताहरूसँगको भेटघाटमा उनले प्रजातन्त्रको मूल आधार नै निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान पूर्ण रूपमा तयार रहेको बताए।

कोइरालाले संविधान जोगाउने र मुलुकलाई वर्तमान सङ्क्रमणकालीन अवस्थाबाट बाहिर निकाल्ने एकमात्र माध्यम निर्वाचन भएको उल्लेख गरे। उनले भने, “हामी त निर्वाचनको मिति कुरेर बसेका छौँ, तर सरकारको तयारी हेर्दा तोकिएकै समयमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने आशंका पैदा भएको छ।”

सरकारले निर्वाचनका लागि अनुकूल वातावरण बनाउन नसकेको उनको आरोप छ। उनले थपे, “केही दलका नेताहरूलाई काठमाडौं बाहिर जान दिइएको छैन, लुटिएका हतियार अझै फिर्ता भएका छैनन्, कैदीहरू बाहिर छन्। यी विषयमा सरकारले के सोचिरहेको छ रु”

डा। कोइरालाले निर्वाचनलाई सफल बनाउन पार्टी पङ्क्तिलाई सक्रिय रूपमा जुट्न निर्देशनसमेत दिएका छन्।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  २ : १२ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित