१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त भएपछि पार्टीको मूल नेतृत्वमा फर्किने भएका छन् ।

कार्यबहाक सभापति डीपी अर्यालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन् । ‘कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी सभापतिज्यू तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किनुहुने व्यहोरा अवगत गराउँछौँ’, अर्यालले भनेका छन् ।

सहकारी ठगी मुद्दा खेपिरहेका उनलाई बिहीबार तुलसीपुर उच्च अदालतको बुटवल बेञ्चले थुनामुक्त गर्न आदेश दिएको थियो ।

अदालती प्रक्रिया पूरा गरी उनी आजै रिहा हुन लामिछाने काठमाडौंबाट भरतपुरहुँदै भैरहवा जाँदैछन् । भैरहवाको मौसम खराब मौसमका कारण भैरहवा विमानस्थल नखुलेपछि उनी दिउँसो भरतपुर पुगेका थिए ।

पछिल्लो समय लामिछाने नख्खु कारागारमा थिए ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ४ : ५३ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित