१० भदौ २०८३, बुधबार | August 26, 2026

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य



जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् ।

आज बसेको प्रदेशसभा बैठकमा उपस्थित ९२ प्रदेशसभा सदस्यको विश्वासको मत उनले प्राप्त गरेको उपसभामुख बविता राउत इशरले घोषणा गरिन् ।

नेपाली कांग्रेस नेतृत्वको सातदलीय गठबन्धनमा जसपा नेपाल, जनमत, नेकपा (माओवादी केन्द्र), लोसपा, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीले यादवलाई विश्वासको मत दिएको र प्रमुख प्रतिपक्षी एमालेसहित सत्ता बाहिर रहेका एक–एक सिटको राप्रपा नेपाल र नेपाल सङ्घीय समाजवादी पार्टीले समेत विश्वासको मत दिएको हो ।

गत मङ्सिर १९ गते ७ दलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए । उनले गत मङ्सिर २१ गते पद तथा गोपनीयताका शपथ लिएका थिए र सोही दिन नेपाली कांग्रेस, जनमत र नेकपा एकीकृत समाजवादीबाट तीन मन्त्री नियुक्त गरेका थिए ।

उनलाई सदनमा रहेका १० वटै दलका उपस्थित ९२ सांसदले विश्वासको मत दिएका छन् ।

१०७ प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशसभामा सरकारको विश्वासको मतका लागि ५४ मत आवश्यक पर्छ । प्रदेशसभामा हाल नेकपा (एमाले) का २४, नेपाली कांग्रेसका २२, जसपा नेपालका १८, जनमतका १३, नेकपा माओवादी केन्द्रका नौ, लोसपाका आठ, नेकपा एकीकृत समाजवादीका सात प्रदेशसभा सदस्य छन् । त्यसैगरी राप्रपा नेपाल, नागरिक उन्मुक्ति पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीको एक–एक सदस्य रहेका छन् ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ९ : ३६ बजे

भोटेकोशी बाढीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए विपद् व्यवस्थापन परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवामा आएको भोटेकोशी बाढीबाट उत्पन्न

टिमुरेस्थित सशस्त्रको बिओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्कविहीन

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीले

तिब्बतबाट आएको बाढीले टिमुरे र स्याफ्रुबेँसीमा ठूलो क्षति, त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम

काठमाडौं । तिब्बततर्फबाट भोटेकोशी नदीमा अचानक ठूलो बाढी प्रवेश गर्दा

तिब्बततर्फबाट भोटेकोशीमा भीषण बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट भीषण बाढी प्रवेश गरेको

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन