१३ भदौ २०८३, शनिबार | August 29, 2026

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा देखिने स्टन्टबाजीका भरमा कुनै वैचारिक इतिहास नभएका व्यक्तिहरूले जनतालाई भ्रममा पार्ने प्रवृत्ति बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले पछिल्लो समय विचार, त्याग, तपस्या र निष्ठाको भूमिकालाई गौण बनाउँदै कुनै वैचारिक पृष्ठभूमि नभएकाहरू हावी हुँदै गएको बताए। “स्पष्ट विचार र एजेन्डा नभएकाहरू सामाजिक सञ्जालमा स्टन्टबाजी गरेर जनतालाई भ्रमित पार्ने रोग फैलिँदै गएको छ,” प्रचण्डले भने।

प्रचण्डले आफ्नो पार्टी स्टन्टबाजीको राजनीतिमा नभई राष्ट्रका गम्भीर समस्या केन्द्रमा राखेर अघि बढ्ने स्पष्ट पारे। उनले ‘जेनजी’ कुनै व्यक्ति वा समूहको पेवा नभएको उल्लेख गर्दै त्यसको नाममा राजनीति नगर्न चेतावनी दिए।

“जेनजी कसैको निजी सम्पत्ति होइन,” उनले भने, “हामी नै जेनजीका प्रतिनिधि हौँ भन्दै स्टन्ट गर्न आवश्यक छैन। जेनजीको असल प्रतिनिधित्व नेपाली कम्युनिस्ट पार्टीले गर्छ।”

प्रचण्डले देश जटिल अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै सच्चा वामपन्थी र कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरे।

गलत र सहीको मूल्याङ्कन उमेरका आधारमा नभई विचार र एजेन्डाका आधारमा हुनुपर्ने उनको जिकिर थियो। “को सही र को गलत भन्ने कुरा विचार र एजेन्डाले निर्धारण गर्छ, उमेरले होइन,” उनले भने।

समाज निर्माणका लागि सबै उमेर समूहको भूमिका आवश्यक रहेको उल्लेख गर्दै प्रचण्डले युवावस्था, प्रौढ र वृद्ध—तीनै पुस्ताको सहकार्यबाट मात्रै समाज अघि बढ्ने बताए।

उनले जेनजीको नाममा निर्वाचनको मिति सार्ने कुनै प्रयास स्वीकार्य नहुने चेतावनी पनि दिए। अन्तरिम सरकार गठनमा आफूहरूले सहजीकरण गरेको स्मरण गराउँदै प्रचण्डले निर्वाचन सारिएमा चुप लागेर नबस्ने स्पष्ट संकेत गरे।

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ३ : ५९ बजे

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा पाँच अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

आइएमई ग्रुपले गर्यो बाढी प्रभावितको सहयोग राहत कोषमा १० करोड सहयोग

काठमाडौ । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण