२५ माघ २०८२, आइतबार | February 9, 2026

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु



विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल भवनको पाँचौँ तलाबाट खसेर मृत्यु भएको छ।

मृत्यु हुनेमा सप्तरी निवासी इन्टर्न डाक्टर अमित यादव रहेका छन् । प्रहरीका अनुसार उनको आज बिहान ६ बजेतिर अस्पतालको भवनबाट खसेर मृत्यु भएको हो ।

अस्पतालको पाँचौं तलाबाट हाम फालेर आत्महत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भीक को अनुमान गरेको छ। अस्पतालको पाँचौँ तलाबाट खसेका यादव मेन गेट अगाडि गम्भीर घाइते अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। टाउकोमा गम्भीर चोट लागेका यादवलाई तत्कालै आकस्मिक कक्षमा लगिएकोमा चिकित्सकहरुले उनको मृत्यु मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी कोपिला चुडालले जानकारी दिइन्।

अस्पताल प्रशासनले यसबारेमा बुझ्ने काम भइरहेको जनाएको छ। घटनास्थलमा प्रहरी परिचालन गरिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  २ : ३८ बजे

अण्डाको मूल्यमा भारी गिरावट

चितवन । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

काठमाडौं । दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्। विवादास्पद

सुदुरपश्चिम प्रदेशसभामा नेकपाको समायोजन

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा साविकको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत

ऐतिहासिक जित नजिक पुगेर नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत विश्व च्याम्पियन

कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय