६ पुस २०८२, आइतबार | December 21, 2025

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु



विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल भवनको पाँचौँ तलाबाट खसेर मृत्यु भएको छ।

मृत्यु हुनेमा सप्तरी निवासी इन्टर्न डाक्टर अमित यादव रहेका छन् । प्रहरीका अनुसार उनको आज बिहान ६ बजेतिर अस्पतालको भवनबाट खसेर मृत्यु भएको हो ।

अस्पतालको पाँचौं तलाबाट हाम फालेर आत्महत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भीक को अनुमान गरेको छ। अस्पतालको पाँचौँ तलाबाट खसेका यादव मेन गेट अगाडि गम्भीर घाइते अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। टाउकोमा गम्भीर चोट लागेका यादवलाई तत्कालै आकस्मिक कक्षमा लगिएकोमा चिकित्सकहरुले उनको मृत्यु मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी कोपिला चुडालले जानकारी दिइन्।

अस्पताल प्रशासनले यसबारेमा बुझ्ने काम भइरहेको जनाएको छ। घटनास्थलमा प्रहरी परिचालन गरिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  २ : ३८ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको