७ पुस २०८२, सोमबार | December 22, 2025

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द



काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि काठमाडौं उपत्यकाका अधिकांश विद्यालय आज बन्द भएका छन् । हड्तालको प्रभावस्वरूप उपत्यकाभरका विद्यालयहरूले विद्यार्थी तथा अभिभावकलाई सूचना पठाउँदै आज विद्यालय बन्द रहने जानकारी गराएका छन् ।

नेकपा जनपक्ष पार्टी निकट विद्यार्थी संगठन जनपक्षीय विद्यार्थी युनियन, नेपालले १८ बुँदे माग अघि सार्दै शैक्षिक हड्ताल आह्वान गरेको हो । युनियनले निजी विद्यालयहरूले लिँदै आएको शूल्कमा ५० प्रतिशत कटौती गर्नुपर्ने, माध्यमिक तहसम्म निःशुल्क शिक्षा पूर्ण रूपमा लागू गर्नुपर्ने माग राखेको छ ।

युनियनकी अध्यक्ष सुनिता बुढाथोकीले विदेशमा रहेका नेपाली विद्यार्थीले पनि आगामी निर्वाचनमै मतदान गर्न पाउनुपर्ने माग रहेको बताइन् । “हाम्रा मागमा प्याब्सन र एनप्याब्सनले समेत सहमति जनाउँदै विद्यालय बन्द गरिएको हो,” उनले दाबी गरिन् ।

युनियनले सरकारी विद्यालयमा अंग्रेजी र राष्ट्रिय भाषामा अध्ययन-अध्यापन गराउनुपर्ने, कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीलाई मासिक ५०० रुपैयाँ विद्यार्थी भत्ता उपलब्ध गराउनुपर्ने माग पनि अघि सारेको छ ।

त्यसैगरी, कलेज तहमा अध्ययन गर्न चाहने सबै विद्यार्थीलाई अध्ययनसँगै स्वरोजगार हुने वातावरण सिर्जना गर्न सरकार जमानी बसेर न्यूनतम १० लाख रुपैयाँसम्मको सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुपर्ने मागसहित शैक्षिक हड्ताल गरिएको युनियनले जनाएको छ ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ८ : ५१ बजे

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको

निर्धारित मितिमै पार्टी महाधिवेशन अनिवार्य, अन्यथा विशेष महाधिवेशन : गगन थापा

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका