१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग



नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा विकास एवं विस्तार गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।

समाजका संयोजक पदम अर्यालले मुलुकको पश्चिम क्षेत्रस्थित व्यापारिक केन्दमा रहेको राँझा विमानस्थलमा टर्मिनल भवनलगायतका पूर्वाधार निर्माण भइसकेकाले अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग गरे ।

रिपोर्टस क्लब नेपालमा आयोजित कार्यक्रममा संयोजक अर्यालले विशेषगरी नेपाल हुँदै मानसरोवर यात्रामा जाने तथा रारा, फोक्सुण्डो ताललगायत यस क्षेत्रका पर्यटकीय स्थलहरूमा घुम्न चाहने भारतीय पर्यटकलाई लक्षित गरी राँझालाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा विकास एवं विस्तार गर्न अनुरोध गरे ।

राँझा–बाँके समाजले यहाँस्थित विमानस्थललाई आधुनिकीकरण गरी अन्तरराष्ट्रिय विमानस्थलका रुपमा सञ्चालन गर्न माग गरेको हो । नेपालगन्ज क्षेत्रका उद्योग व्यवसाय, होटल, पर्यटन, यातायातलगायतका क्षेत्रमा प्रत्यक्ष राहत पुग्ने भएकाले पहिलो चरणमा छिमेकी देश भारतका राजधानी दिल्लीसहित ठूला सहरहरूमा उडान गर्न सकिने गरी विमानस्थल विस्तार गर्न समाजले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ५ : ३२ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले