२५ माघ २०८२, आइतबार | February 9, 2026

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी



मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई वर्षदेखि माथिल्लो मुस्ताङका स्थानीयले रोजगारी प्राप्त गरेका छन् । कोरला नाकास्थित नेपालतर्फको दशगजा क्षेत्र र कोरलास्थित चीनतर्फ लिजी बजारमा माथिल्लो मुस्ताङीले व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन् ।

यो नाका विसं २०८० कात्तिक २७ गतेदेखि खुला गरिएको थियो । त्यसअघि माथिल्लो मुस्ताङका नागरिकहरु कृषि पशुपालन र घरायसी कामधन्दामा सीमित थिए । सो नाका माथिल्लो मुस्ताङका नागरिकहरुका लागि मात्रै खुल्ला हुँदै आएकामा सरकारले अन्तरदेशीय व्यापारिक मार्गको रुपमा गत ३० भदौमा पूर्णरुपमा खुला गरको हो ।

लोमान्थाङ–२ किम्लिङका स्थानीय लिन्डुप गुरुङ कोरला नाकामा त्रिपाल टाँगेर व्यापार गरिरहेका छन् । नाका नखुल्दा कृषि र पशुपालनमै सीमित गुरुङले कृषि र पशुपालनलाई थाती राखेर व्यापार गर्न थालेको बताए । यहाँ त्रिपाल टाँगेर व्यापार गर्ने करिव ८०÷९० जना मध्ये हाल धेरैजसो जाडो छल्न बेँसी झरिसकेका छन् ।

यो नाका समुन्द्री सतहदेखि चार हजार ६१० मिटरको उचाइमा अवस्थित छ । नाकामा चिसोका कारण पर्यटकीय रौनक घटेपनि नाका बन्द नहुने जनाइएको छ । नाकामा व्यापार गर्नेहरुले आन्तरिक रुपमा ब्यापार व्यवसाय चलाउने आन्तरिक नियम बनाएका छन् । पर्यटकहरुलाई चिनिया उत्पादन बिक्री गर्न आलोपालो व्यापार गर्ने सहमति छ । त्रिपाल टाँगेर व्यापार गर्नेहरुका लागि एक जीप बराबर दुई जना ब्यापारीले ब्यापार गर्न पाउने र चार वटा मोटरसाइकल आएमा एक जीप बराबर दुई जनाले व्यापार गर्न पाउने नियम बनाएको स्थानीय ब्यापारी लिन्डुप गुरुङले जानकारी दिए ।

नाकामा तीन सय जना भन्दा बढीले व्यापार व्यवसाय सञ्चालन गरेका छन् । यहाँ एक सय बढी युवाले लोड अनलोड र विद्युतीय गाडी तथा मालवाहक कन्टेनर भित्र लाने ल्याउने काम पाएका छन् । ती युवाहरुले दैनिक पाँचदेखि १० हजारसम्म आम्दानी गर्छन् ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ४ : २१ बजे

अण्डाको मूल्यमा भारी गिरावट

चितवन । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

काठमाडौं । दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्। विवादास्पद

सुदुरपश्चिम प्रदेशसभामा नेकपाको समायोजन

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा साविकको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत

ऐतिहासिक जित नजिक पुगेर नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत विश्व च्याम्पियन

कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय