५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा फरार कैदीबन्दीलाई पक्राउ गरेको छ ।

गत भदौ २३ र २४ को आन्दोलनका क्रममा केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलबाट फरार रहेका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-५ का टसी तामाङलाई मङ्गलबार पक्राउ गरेको ब्युरोले जनाएको छ ।

संरक्षित वन्यजन्तु सालकको खपटा आखेटोपहार ओसारपसार गरेको मुद्दामा गौरीशङ्कर संरक्षण क्षेत्रको कार्यालय दोलखाको २०७० मङ्सिर १७ को फैसलाबमोजिम तामाङले पाँच वर्ष कैद र ६२ हजार १७५ रुपैयाँ जरिवाना ठहर भई जगन्नाथदेवल, सुन्धारा कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए ।

कारागारबाट भागी फरार भई लुकिछिपी बसेको अवस्थामा ब्युरोको टोलीले काठमाडौंस्थित गोकर्णेश्वरबाट पक्राउ गरी केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवलमा पेस गरेको छ ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ७ : ५० बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही