१० पुस २०८२, बिहिबार | December 25, 2025

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन



जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई-रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा भइरहेको समस्या समाधानका लागि पाँच सदस्यीय अध्ययन समिति गठन गरिएको छ ।

आज जनकपुरधाममा बसेको जिल्लास्थित यातायात व्यवस्था समितिको बैठकले मधेस प्रदेशको सवारी तथा यातायात व्यवस्था ऐनअनुसार १५ दिनभित्र उक्त विषयका सन्दर्भमा अध्ययन गरी सम्बन्धित निकायमा प्रतिवेदन पेस गर्नेगरी अध्ययन समिति गठन गरेको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलकोको अध्यक्षतामा आज जनकपुरधाममा बसेको बैठकले यातायात कार्यालय धनुषाका प्रमुख धनञ्जयकुमार सिंहको नेतृत्वमा पाँच सदस्यीय अध्ययन समिति गठन गरेको छ ।

समितिले बागमती प्रदेशको राजधानी हेटौँडा, कोशी प्रदेशको राजधानी विराटनगर तथा मधेस प्रदेशको राजधानी वीरगन्ज नगरक्षेत्रमा सञ्चालित ई-रिक्साको व्यवस्थापन, सञ्चालन रुट, अनुमति तथा दर्ताका विषयमा विस्तृत अध्ययन गरी समस्या समाधानका लागि आवश्यक सुझावसहित प्रतिवेदन तयार गर्नेछ ।

सोही अध्ययन प्रतिवेदनका आधारमा जनकपुरधाममा ई-रिक्साको व्यवस्थापन प्रक्रिया अगाडि बढाइने यातायात कार्यालयका प्रमुख सिंहले जानकारी दिए ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रतिनिधि, जिल्ला ट्राफिक कार्यालयका प्रतिनिधि, ई-रक्सा मजदुर युनियनका प्रतिनिधि र सदस्य सचिवमा यातायात व्यवस्था कार्यालय धनुषाका एक जना अधिकृत रहने गरी पाँच सदस्यीय समिति गठन भएको जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले जानकारी दिए ।

बैठकमा नगरप्रमुख साहसहित जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, जिल्ला ट्राफिक कार्यालयका प्रहरी प्रमुख, ई-रिक्सा मञ्जदुर युनियनका प्रतिनिधिलगायत सरोकार भएका निकायका प्रतिनिधिको सहभागिता थियो ।

अत्यधिक सङ्ख्यामा चल्ने ई-रिक्साका कारण जनकपुर क्षेत्रको यातायात सञ्चालन तथा व्यवस्थापनमा समस्या आउने गरेकाले उचित व्यवस्थापनका लागि अध्ययन समिति गठन गरिएको नगरप्रमुख साहले बताए ।

जिल्लामा दश हजारभन्दा बढी ई-रिक्सा दर्ता भई सञ्चालनमा रहेका यातायात कार्यालय जनकपुरले जनाएको छ ।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  ३ : ११ बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न