१८ चैत्र २०८२, बुधबार | April 1, 2026

फेरि पुरानै शक्तिको उदय भए ठूलो दुर्भाग्य : कुलमान घिसिङ



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आगामी फागुन २१ को निर्वाचनलाई नयाँ शक्तिको उदयको अवसरको रूपमा लिनुपर्ने बताएका छन् । उज्यालो नेपाल पार्टीको कार्यलय उद्घाटन गर्दै मन्त्री घिसिङले फेरि पुरानै शक्तिको उदय भए ठूलो दुर्भाग्य हुने चेतावनीसमेत दिएका छन् ।

उनका अनुसार, फागुन २१ को चुनाव केवल चुनावका रूपमा नभई नयाँ राजनीतिक शक्तिको उदयको प्रस्थानबिन्दु हुनुपर्छ । “जेनजी आन्दोलनको ‘स्प्रिड’ देशमा सुशासन कायम गर्ने, रोजगारी सिर्जना गर्ने र देशको समृद्धिका लागि अगाडि बढ्ने थियो । यदि चुनावपछि फेरि पुरानै शक्तिको उदय भयो भने त्यो भन्दा ठूलो दुर्भाग्य केही हुँदैन,” मन्त्री घिसिङले भने ।

उनले जेनजी आन्दोलनबाट स्थापित सरकारले तोकिएको समयमा निर्वाचन गर्ने वातावरण बनाएको र देशमा अहिले चुनावको माहोल बढ्दै गएको उल्लेख गरे । नयाँ राजनीतिक दल, समूह र व्यक्तिहरू एकताबद्ध भएर देशको समृद्धि, सुशासन र सामाजिक न्यायको स्थापनाका लागि अघि बढ्नुपर्ने आवश्यकता पनि उनले औंल्याए ।

उज्यालो नेपाल पार्टीका संरक्षक समेत रहेका मन्त्री घिसिङले भने कि पार्टीको छोटो अवधिमा नै देशभर तरंग ल्याएको छ । नेपाली जनताको चाहनाअनुसार नयाँ शक्ति एकठाउँमा आएर समृद्धि र विकासको दिशामा अघि बढ्नुपर्छ भन्नेमा उनको जोड छ ।

मन्त्री घिसिङले फागुन २१ को चुनावलाई नयाँ शक्ति उदयको प्रस्थानबिन्दु बनाउनुपर्नेमा जोड दिनुका साथै चुनावको परिणामले देशको भविष्य निर्धारण गर्ने दाबी पनि गरेका छन् ।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  ५ : २५ बजे

संसद सचिवालयको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा