१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न मेहनतका साथ सरकारले काम गरिरहेको बताएकी छिन् ।

बाह्रखरी मिडियाद्वारा आयोजित ‘डिशहोम सातौँ बाह्रखरी कथा लेखन प्रतियोगिता, २०८२’ का विजयी लेखकलाई पुरस्कार प्रदान गर्दै निर्वाचनमा नै वर्तमान सरकारको अर्जुनदृष्टि रहेको बताइन । उनले सुशासन कायम गर्न पनि सरकार अहोरात्र खटेको बताइन।

वर्तमान सरकारमाथि चौतर्फी प्रहार भइरहेको तर अचानोमा परेरै भए पनि मेहनतका साथ काम गरिरहेको प्रधानमन्त्री कार्कीले बताइन ।

प्रधानमन्त्री कार्कीले सबै कुरा एकैचोटि हुनुपर्ने आशा सबैतिरबाट भएको बताउँदै तर सबै कुरा एकैचोटी गर्न नसक्ने भएकाले सरकारले निरन्तरः काम गरिरहेको बताउनुभयो । राजनीतिक दल र जेनजीको दोहोरो दबावमा सरकार परेको बताइन।

प्रधानमन्त्री कार्कीले सरकार छोडेर हिँड्ने अवस्था पनि नरहेको बताइन । उनले देश बङ्गलादेशजस्तो नहोस् भन्ने आफ्नो चाहना रहेको बताइन् । दिनदिनै विदेशबाट नेपाली डिपोर्ट भइरहेको सन्दर्भ जोड्दै उनले अब देशलाई नै बनाउनुको विकल्प नरहेको बताइन ।

फरक प्रसङ्मा जेनजी सहिदका प्रत्येक परिवारसँग फरकफरक कथा रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सरकारको कथा लेख्न साहित्यकारहरुलाई अनुरोध पनि गरिन

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  ६ : २७ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित