१० पुस २०८२, बिहिबार | December 25, 2025

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न मेहनतका साथ सरकारले काम गरिरहेको बताएकी छिन् ।

बाह्रखरी मिडियाद्वारा आयोजित ‘डिशहोम सातौँ बाह्रखरी कथा लेखन प्रतियोगिता, २०८२’ का विजयी लेखकलाई पुरस्कार प्रदान गर्दै निर्वाचनमा नै वर्तमान सरकारको अर्जुनदृष्टि रहेको बताइन । उनले सुशासन कायम गर्न पनि सरकार अहोरात्र खटेको बताइन।

वर्तमान सरकारमाथि चौतर्फी प्रहार भइरहेको तर अचानोमा परेरै भए पनि मेहनतका साथ काम गरिरहेको प्रधानमन्त्री कार्कीले बताइन ।

प्रधानमन्त्री कार्कीले सबै कुरा एकैचोटि हुनुपर्ने आशा सबैतिरबाट भएको बताउँदै तर सबै कुरा एकैचोटी गर्न नसक्ने भएकाले सरकारले निरन्तरः काम गरिरहेको बताउनुभयो । राजनीतिक दल र जेनजीको दोहोरो दबावमा सरकार परेको बताइन।

प्रधानमन्त्री कार्कीले सरकार छोडेर हिँड्ने अवस्था पनि नरहेको बताइन । उनले देश बङ्गलादेशजस्तो नहोस् भन्ने आफ्नो चाहना रहेको बताइन् । दिनदिनै विदेशबाट नेपाली डिपोर्ट भइरहेको सन्दर्भ जोड्दै उनले अब देशलाई नै बनाउनुको विकल्प नरहेको बताइन ।

फरक प्रसङ्मा जेनजी सहिदका प्रत्येक परिवारसँग फरकफरक कथा रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सरकारको कथा लेख्न साहित्यकारहरुलाई अनुरोध पनि गरिन

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  ६ : २७ बजे

सिन्धुलीको कमलामाई क्षेत्रमा कर्फ्यू जारी, सुरक्षा अवस्था तनावग्रस्त

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा उत्पन्न

बालेनले राजनीतिक भेटघाट तीव्र पारे, वैकल्पिक शक्तिसँग दिनभर छलफलपछि ज्वागलबाट बाहिरिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र