११ बैशाख २०८१, मंगलबार | April 23, 2024

चिनियाँ दूतावासको स्पष्टिकरण : नेपाली भूभागमा कुनै भवन बनाएका छैनौं, नेपालले थप प्रमाणिकरण गर्न सक्छ



काठमाडौं । हुम्लाको लाप्चास्थित नेपाली भूभागमा भवनहरु बनाएको भन्ने खबरलाई काठमाडौंस्थित चिनियाँ दूतावासले खण्डन गरेको छ ।

चिनियाँ दूतावासका प्रवक्ताले मंगलबार राति सञ्चारमाध्यमहरुलाई पठाएको प्रश्नोत्तर विज्ञप्तिमा आफ्नो देशले बनाएको भूभाग चीनकै रहेको दाबी गरिएको छ । यससम्बन्धमा नेपालले थप प्रमाणिकरण गर्न सक्ने दूताबासको सन्देशमा उल्लेख गरिएको छ ।

प्रवक्ताले नेपाल र चीनबीच कतै पनि सीमा विवाद नरहेको कुरा पुनः स्पष्ट पारेका छन् । प्रश्नोत्तर विज्ञप्तिमा भनिएको छ, ‘चीन र नेपाल असल छिमेकी हुन् । चीनले सधैं नेपालको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्दैआएको छ ।

सञ्चारमाध्यमहरुमा उल्लेख गरिएका भवनहरु चीन–नेपाल सीमाको चिनियाँ क्षेत्रमा रहेको प्रमाणिकरण गरिएको छ । नेपाली पक्षले फेरि पनि यसलाई प्रमाणिकरण गर्न सक्नेछ । चीन र नेपालबीच कुनै पनि क्षेत्रीय विवाद रहेको छैन । दुबै पक्ष सधैं सीमा सम्बन्धमा निकट रहेर सूचना आदनप्रदान गर्दै आएका छन् ।’

हुम्लाको नाम्खा गाउँपालिका ६ को लाप्चास्थित ललुङजममा रहेको सीमाक्षेत्रमा चीनले ९ वटा भवन बनाएको खबर सार्वजनिक भएपछि हुम्ला जिल्ला प्रशासनले स्थलगत अवलोकन गरेको थियो । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा गएको टोलीले स्थलगत अध्ययन गरेर फर्किएको छ ।

Remarks by Spokesperson of Chinese Embassy : 

Q: It is reported by some Indian media that China has constructed buildings on the Nepali side of the Nepal-China border. Do you have any comment?

A: China and Nepal are friendly neighbors. China has always respected Nepal’s sovereignty and territorial integrity. The buildings mentioned by the media have been verified to be on the Chinese side of the China-Nepal border. The Nepali side may make verification again. China and Nepal have no territorial disputes. The two sides have always maintained close communication on border affairs.

 

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ९ : २१ बजे

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको