७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् विस्तार, बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी छन् । नवनियुक्त मन्त्री शर्माले आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शपथग्रहण समारोहमा राष्ट्रपति, प्रधानमन्त्री तथा उच्चपदस्थ सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो । शर्माको नियुक्तिसँगै वर्तमान अन्तरिम मन्त्रिपरिषद् १५ सदस्यीय बनेको छ ।

परराष्ट्रमन्त्रीमा नियुक्त भएका शर्माले यसअघि माओवादी लडाकु समायोजन समितिमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । साथै, कोभिड-१९ महामारीको समयमा बनेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा समेत उनले सक्रिय रूपमा काम गरेका थिए । सुरक्षा, समन्वय तथा व्यवस्थापन क्षेत्रमा उनको अनुभवलाई ध्यानमा राख्दै प्रधानमन्त्री कार्कीले उनलाई महत्वपूर्ण जिम्मेवारी सुम्पिएको बताइएको छ ।

प्रधानमन्त्री कार्कीले सरकार गठनको क्रममा समावेशीता, अनुभव र राष्ट्रिय हितलाई प्राथमिकतामा राखिएको बताउँदै नयाँ मन्त्रीको कार्यकालले कूटनीतिक सम्बन्ध सुदृढ गर्न र अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

नवनियुक्त परराष्ट्रमन्त्री शर्माले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै नेपालका परराष्ट्र सम्बन्धलाई सुदृढ बनाउने, छिमेकी तथा मित्रराष्ट्रहरूसँग सहकार्य विस्तार गर्ने र राष्ट्रिय हितलाई सर्वोपरि राखेर काम गर्ने बताएका छन् ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  २ : ५३ बजे

कांग्रेसको ५१२ पालिकामा अधिवेशन सुरु

ललितपुर । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभरका ७५३ पालिकामध्ये

एमाले केन्द्रीय कमिटी बैठकद्वारा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक