५ श्रावण २०८३, मंगलबार | July 21, 2026

 एन आई सी एशियाका ग्राहकलाई आईएमई हस्पिटालिटीमा १० प्रतिशत छुट सुविधा उपलब्ध



काठमाडौ । एन आई सी एशिया बैंक र आईएमई हस्पिटालिटी बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी पत्रमा बैंकको तर्फबाट डिजिटल एण्ड ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख विमल लम्सल र आईएमई हस्पिटालिटी प्रा. लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गरेका हुन् ।

यस बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरूलाई आईएमई हस्पिटालिटी अन्तर्गतका विभिन्न होटल, रेष्टुरेन्ट तथा केबलकार सेवाहरूमा १० प्रतिशतको आकर्षक छुट उपलब्ध हुने समझदारी भएको छ ।

जसमा आईएमई हस्पिटालिटीले आफ्ना विभिन्न सेवाहरू जस्तै होटल ले हिमालय (लाजिम्पाट), इला होटल्स एण्ड रिसोट्र्स (मौलाकाली), इला कम्फर्ट (बाग्लुङ), द लेकसाइड रिसोर्ट (पोखरा), सेक एण्ड फेंग रेष्टुरेन्ट (लाजिम्पाट), मौलाकाली केबलकार र लुम्बिनी केबलकारमा १० प्रतिशतसम्म छुट उपयोग गर्न सक्नेछन् ।

यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ ।
उक्त होटलसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ४ : ०३ बजे

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत