१ चैत्र २०८२, आइतबार | March 15, 2026

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि, विशेष महाधिवेशनको माग तीव्र



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । केही दिनदेखि निरन्तर चलिरहेको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुने पार्टीले जनाएको छ ।

बैठकमा मुख्यतः पार्टीको महाधिवेशन, संगठन सुदृढीकरण तथा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । यसअघि शुक्रबार बसेको बैठकमा नेताहरूले महाधिवेशनको तयारी, सम्भावित मिति र प्रक्रिया सम्बन्धी आ-आफ्नो धारणा राखेका थिए । धेरै नेताहरूले तोकिएको समयमा नियमित महाधिवेशन गर्न कठिन देखिएकाले विशेष महाधिवेशनको विकल्पबारे गम्भीर छलफल आवश्यक रहेको बताएका थिए ।

यसैबीच, विशेष महाधिवेशनको माग गर्दै केही नेता तथा कार्यकर्ताहरूले पार्टी नेतृत्वलाई औपचारिक रूपमा स्मरणपत्र बुझाएका छन् । उनीहरूले पार्टीभित्र देखिएको अन्योल र सांगठनिक जटिलता समाधानका लागि विशेष महाधिवेशन अपरिहार्य भएको दाबी गरेका छन् । स्मरणपत्र पार्टी केन्द्रीय कार्यालय पुगेर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोधार्थ गराउँदै मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाइएको हो ।

पार्टीभित्र महाधिवेशनको समय, विधि र प्रक्रियालाई लिएर मतभेद देखिँदै आएको छ । केही नेताहरू नियमित महाधिवेशनमै जोड दिइरहेका छन् भने अर्काे समूहले विशेष महाधिवेशनमार्फत संगठनलाई पुनर्संरचना गर्नुपर्ने तर्क अघि सारेको छ । आजको बैठकमा यी विषयमा थप गम्भीर छलफल हुने र आगामी कार्यदिशा तय हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ७ : ५६ बजे

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापासहितका पदाधिकारीको टोलीले आज

धनुषा-१ मा रास्वपाका साहको पक्षमा अन्तरिम आदेश अस्वीकार, मातृका यथावत

काठमाडौं । सर्वोच्च अदालत ले धनुषा निर्वाचन क्षेत्र नम्बर १

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत

काठमाडौं । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठलाई

गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यका लागि सिफारिस

नेकपाले समानुपातिकतर्फ ९ सांसदको नाम आयोगमा पठायो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित हुने