७ आश्विन २०८३, बुधबार | September 23, 2026

बालेन र कुलमानबीच छलफल, रास्वपाको प्रस्तावबारे छलफल



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच शनिबार महत्वपूर्ण छलफल भएको छ । भेटमा बालेनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट आएको राजनीतिक प्रस्तावबारे कुलमानलाई जानकारी गराएका छन् ।

स्रोतका अनुसार बालेनले रास्वपाबाट बाहिर आएका समाचारजस्तो सहमति आफू र पार्टीबीच भइनसकेको स्पष्ट पारेका छन् । पछिल्ला दिनहरूमा बालेन-रवि लामिछानेबीच सहकार्यको चर्चा चलिरहेकै बेला बालेन र कुलमानबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यसअघि नै बालेन र कुलमानबीच ‘देश विकासको साझा एजेन्डा’मा सहकार्य गर्ने समझदारी बनेको बताइन्छ । तर, पछिल्लो समय रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने प्रस्ताव गरेपछि राजनीतिक समीकरण थप जटिल बनेको छ । यस विषयमा हाल रास्वपाभित्र कार्यदल तहमा छलफल भइरहेको स्रोतको भनाइ छ ।

बालेन निकट स्रोतहरूका अनुसार उनले कुलमान घिसिङ, सीके राउत, हर्क साम्पाङ लगायत विभिन्न स्वतन्त्र र नयाँ धारका व्यक्तित्व तथा समूहलाई समेटेर साझा प्लेटफर्म बनाउने पक्षमा जोड दिएका छन् । रास्वपाको हालको सांगठनिक संरचनाभित्र आफूले स्पष्ट र प्रभावकारी भूमिका नदेखिएको उनको बुझाइ रहेको बताइन्छ ।

यता रास्वपा सभापति रवि लामिछाने भने बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव गरे पनि पार्टीको नाम, चुनाव चिन्ह र सांगठनिक नियन्त्रण रास्वपाकै हातमा रहनुपर्ने अडानमा छन् । यस विषयमा दुबै पक्षबीच मतभेद देखिएको छ ।

हाल यो विषयमा रास्वपातर्फबाट शिशिर खनाल र असिम शाह तथा बालेन पक्षबाट कुमार बेन र भूपदेव शाहबीच निरन्तर छलफल भइरहेको छ । ती तहमा सहमति जुटेपछि मात्र बालेन र रवि लामिछानेबीच अन्तिम भेटवार्ता हुने बताइएको छ ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  १ : ४७ बजे

कांग्रेसको ५१२ पालिकामा अधिवेशन सुरु

ललितपुर । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभरका ७५३ पालिकामध्ये

एमाले केन्द्रीय कमिटी बैठकद्वारा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक