२३ बैशाख २०८३, बुधबार | May 7, 2026

कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्दै



काठमाडौं । नेपाली कांग्रेसले आगामी महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने निर्णय गरेको छ । केही दिनदेखि निरन्तर बसिरहेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्धारित समयमै नियमित महाधिवेशन सम्पन्न गर्ने लक्ष्यसहित कार्यतालिका पुनः समायोजन गर्न लागेको हो ।

शनिबार (पुस १२) पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा नेताहरूले तोकिएको समयमै महाधिवेशन सम्पन्न हुने गरी व्यवहारिक र यथार्थपरक कार्यतालिका आवश्यक रहेकोमा जोड दिएका थिए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता मीन विश्वकर्माले यसअघि तय गरिएको कार्यतालिकाअनुसार काम अघि बढ्न नसकेकाले नयाँ कार्यतालिका बनाउनुपर्ने अवस्था आएको जानकारी दिए ।

उनका अनुसार क्रियाशील सदस्यता नवीकरण तथा वितरणसम्बन्धी काम पुस ८ गतेभित्र टुंग्याउने लक्ष्य राखिएको भए पनि सो समयसीमा पूरा हुन नसकेको हो । यसले गर्दा महाधिवेशनका अन्य चरणहरूमा समेत असर पर्ने देखिएपछि कार्यतालिका परिमार्जन अपरिहार्य भएको उनले बताए ।

“तोकेको समयभित्र क्रियाशील सदस्यताको काम टुंगिन नसक्दा सम्पूर्ण महाधिवेशन प्रक्रियामै असर पर्ने देखियो,” विश्वकर्माले भने, “अब यथार्थपरक ढंगले नयाँ कार्यतालिका बनाएर नियमित महाधिवेशन सुनिश्चित गर्ने तयारीमा छौं।”

बैठकमा सहभागी अधिकांश नेताहरूले वडादेखि केन्द्रसम्म संगठनलाई सुदृढ बनाउँदै नीति र नेतृत्व दुवैमा रूपान्तरण आवश्यक रहेको धारणा राखेका थिए । समयमै महाधिवेशन सम्पन्न गर्न नेतृत्वले थप सक्रियता देखाउनुपर्नेमा पनि उनीहरूले जोड दिएका छन् ।

कांग्रेस नेतृत्वले परिमार्जित कार्यतालिका चाँडै सार्वजनिक गर्ने संकेत दिएको छ । यससँगै पार्टीभित्र देखिएको अन्योल अन्त्य हुने र महाधिवेशन प्रक्रिया स्पष्ट दिशामा अघि बढ्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ४ : ५५ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा