काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) फेरि फुटेको छ ।
जसपाका सहअध्यक्ष रेणु यादवसहित बहुमत केन्द्रीय सदस्यहरू जनता समाजवादी पार्टी नेपालमा समाहित भएका छन्।
जनता समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै दुवै दलबीच औपचारिक रूपमा एकता सम्पन्न भएको जानकारी दिएका छन्।
पूर्वमन्त्रीसमेत रहेकी सहअध्यक्ष यादवसँगै प्रदीप यादवलगायतका बहुमत केन्द्रीय सदस्यहरू जसपा नेपालमा समाहित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
यसअघि जसपाका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका शिर्ष नेताहरु नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका थिए ।



















प्रतिक्रिया