११ भदौ २०८३, बिहिबार | August 27, 2026

उद्योग वाणिज्य महासंघको लुम्बिनी प्रदेश अध्यक्षमा कसजू र केन्द्रीय सदस्यमा अर्याललाई प्रस्ताव



बुटवल । बुटवल उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघको लुम्बिनी प्रदेश अध्यक्षमा संघका निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजू र केन्द्रीय कार्यकारिणी सदस्यमा संघका वर्तमान अध्यक्ष हरिप्रसाद अर्यालललाई अगाडि सारेको छ ।

संघको सोमबार बसेको कार्यसमिति बैठकले महासंघ लुम्बिनी प्रदेशको आठौं प्रदेश सभामा अध्यक्ष पदको लागि नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत रहेका निवर्तमान अध्यक्ष, कसजूलाई अगाडि सार्ने निर्णय गरेको हो ।

त्यस्तैगरी संघका अध्यक्ष अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारण सभा तथा महाधिवेशनमा खुल्ला तर्फबाट कार्यकारिणी सदस्य पदमा उम्मेद्वारी दर्ता गराउने निर्णय गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।

महासंघको प्रदेश अध्यक्षका उम्मेदवार कसजू र केन्द्रीय कार्यकारिणी सदस्य पदका उम्मेदवार अर्यालले महासंघको संस्थागत विकास, नीतिगत सुधार, उद्योगी व्यवसायीहरुको हकहित, साना तथा मझौला उद्योगीलाई सम्वद्र्धन तथा प्रोत्साहन र उद्यमशिलता विकासका कार्यक्रमलाई प्राथमिकता दिइने प्रतिवद्धता व्यक्त गरेका छन् । त्यसका लागि जिल्ला नगर उद्योग वाणिज्य संघ, उद्योग व्यवसायी, नेपाल उद्योग वाणिज्य महासंघ र तीनै तहका सरकारसंग समन्वयकारी भूमिका निर्वाहन गर्ने उनीहरुले बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारण सभा तथा अधिवेशन आगामी चैतको २८ र २९ गतेलाई तय गरिसकेको छ भने प्रदेशको अझै मिति तय भईसकेको छैन । यद्यपी महासंघको भन्दा पहिले प्रदेशको अधिवेशन भईसक्ने बताइएको छ ।

बैठकमा आगामी माघमा बुटवलमा आयोजना गरिने कृषि मेला तयारीका सम्बन्धमा हालसम्म भएका प्रगतीका बारेमा अध्यक्ष अर्यालले जानकारी गराएका थिए । त्यसैगरी बुटवल उपमहानगरपालिका वडा नं. ४ मा रहेको कान्ति माध्यमिक विद्यालयमा स्थापित ‘बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, कान्ति माध्यमिक विद्यालय अक्षयकोष’लाई बृद्धि गर्ने, बुटवल ६ मा रहेको तिलोत्तमा माध्यमिक विद्यालय र वडा नं. ४ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा छात्रबृत्ति अक्षयकोष स्थापना गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  २ : १६ बजे

सम्पर्कविहीन पत्रकार टेकराज थामीको खोजी कार्यलाई तीव्रता दिन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका

बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न चिनियाँ प्रधानमन्त्री ली छ्याङ केरुङ पुगे

काठमाडौँ । चीनका प्रधानमन्त्री ली छ्याङ बाढीबाट प्रभावित तिब्बतको केरुङ

तिब्बत-नेपाल बाढी पछि २८८ भारतीय सम्पर्कविहीन : भारतीय विदेश मन्त्रालय

नयाँदिल्ली । तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढीमा परी २८८

भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

काठमाडौं । रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका

भोटेकोशी बाढी : हालसम्म २ सय ८९ जनाको मृत्यु, ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बिहीबार दिउँसो १४:३०