१७ श्रावण २०८३, आइतबार | August 2, 2026

शीतलहरका कारण सडक चिप्लो भएपछि दाउन्नेमा सवारी ठप्प, पूर्व-पश्चिम राजमार्गमा लामो जाम



बुटवल । शीतलहरका कारण सडक चिप्लो बनेपछि पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्डमा सवारी आवागमन अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको शीतलहरका कारण सडक चिप्लिएपछि सवारी साधन चल्न नसक्दा लामो जाम सिर्जना भएको हो ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार दाउन्ने पहाडको उकालो-ओरालो खण्डमा सडक अत्यधिक चिप्लो बनेपछि ठूला तथा भारी सवारीसाधन अघि बढ्न नसक्दा समस्या उत्पन्न भएको हो । यसका कारण यात्रुहरू घण्टौँसम्म बाटोमै अलपत्र परेका छन् ।

ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार दाउन्ने खण्डमा विशेष गरी मालवाहक ट्रक, बस र ठूला सवारीसाधन चिप्लिएर अड्किँदा साना सवारीसाधन समेत अगाडि बढ्न नसक्ने अवस्था सिर्जना भएको छ । सडकको सतह भिजेको र चिप्लो भएकाले सवारी सञ्चालनमा जोखिम बढेको छ ।

निर्माणाधीन बुटवल-नारायणगढ ११४ किलोमिटर सडकखण्डका अन्य भागमा आवागमन सामान्य रहे पनि दाउन्ने क्षेत्रमा भने अझै निर्माण कार्य जारी रहेकाले समस्या थप जटिल बनेको छ ।

सो क्षेत्रमा वान-वे प्रणालीमार्फत सवारी सञ्चालन हुँदै आएकोमा ओभरलोड सवारी साधन बिग्रिने र फस्ने समस्या पटक–पटक देखिँदै आएको छ ।

ट्राफिक प्रहरीले अत्यावश्यक बाहेकका यात्रालाई सावधानी अपनाउन, वैकल्पिक मार्ग प्रयोग गर्न तथा मौसम सामान्य नभएसम्म धैर्य गर्न अनुरोध गरेको छ । यता सडक विभाग र सम्बन्धित निकायले सडक सहज बनाउन आवश्यक पहल गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  १० : ०६ बजे

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार

सुस्तामा भारतीय एसएसबीको प्रवेश, निर्माणाधीन बाँध भत्काए

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो