२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

भारतबाट ६५४ मेगावाट विद्युत आयात अनुमति नविकरण



काठमाडौं । भारतले ६५४ मेगावाट विद्युत भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स)को प्रतिश्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नविकरण गरेको छ ।

भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले आइएक्सको डे अहेड र रियल टाइम मार्केटबाट ६५४ मेगावाट विद्युत चौविसै घण्टा (अरटिसी) आयात गर्न अनुमति नविकरण गरेको हो । यस अघि दिइएको अनुमतिको म्याद बुधबार सकिंदै थियो ।

नेपाल विद्युत प्राधिकरणले ढल्केवर–मुजफफ्पुर ४०० केभी प्रसारण लाइनमार्फत ६०० सय टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट गरी ६५४ मेगावाट विद्युत प्रतिश्पर्धी दरमा आयात गर्न अनुमति पाएको हो । १७ पुसबाट १७ चैत (१ जनवरी–३१ मार्च २०२६) सम्म विद्युत आयातको अनुमति पाएको हो । १८ चैतबाट १५ भदौ (१ अप्रिल–३१ अगस्ट २०२६) सम्म्को नविकरण भने पछि गरिने प्राधिकरणले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मंगलबार विद्युत मन्त्रालयका अधिकारीलाई टेलिफोन गरी आरटिसी मोडमा विद्युत आयात गर्न पाउने गरी अनुमति नविकरण गरिदिन आग्रह गरेका थिए ।

उनले आरटिसी मोडमा विद्युत आयात गर्न अनुमति पाएकाले हिउँदयामको विद्युत माग र आपूर्तिको माग व्यवस्थापन गर्न सहज हुने बताए ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ३ : २८ बजे

रोल्पामा मिनी ट्रक दुर्घटना, एकको घटनास्थलमै मृत्यु

दाङ । रोल्पामा आज बिहान मिनी ट्रक दुर्घटना हुँदा एक

निर्धक्क भएर सम्पत्तिको स्रोत देखाउनुस् : छानबिन आयोग अध्यक्ष भण्डारी

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने दायरामा रहेका

बुटवलबाट काठमाडौं जाँदै गरेको बसबाट भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद

बुटवल । प्रहरीले भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद

रास्वपाका विपिन आचार्यको माग – शून्य समयलाई सरकारले सुन्दैन भने ब्ल्याक होल समय भनौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ