२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

रसुवागढी नाका बुधबारबाट आंशिक खुला, पूर्ण क्षमतामा नाका सुचारु गर्न प्रयत्नशील रहेको चीनको प्रतिक्रिया



काठमाडौं । नेपाल–चीन व्यापारको मुख्य लाइफलाइन रसुवागढी नाकाबाट बुधबारदेखि सामान आयात हुन थालेको छ ।

झण्डै तीनसातादेखि बन्द रहेको नाकाबाट हुने सामान आयातको काम बुधबारदेखि आंशिक रुपमा सुचारु भएको हो ।

चीनमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि गत माघ १५ गतेदेखि बन्द भएको रसुवागढी नाका गत जेठ महिनाबाट पुनः सुचारु भएको थियो ।

सामान लोड अनलोड गर्ने मजदुरमा कोरोना संक्रमण देखिएपछि गत तीन सातादेखि नाका फेरि बन्द गरिएको थियो ।

चिनियाँ दूतावासले बुधबार नै एक विज्ञप्ती जारी गर्दै सीमावर्ती पोर्ट खोलेको जनाएको छ । चिकित्सा सामाग्री एवं दैनिक आवश्यकताका वस्तुलाई ध्यानमा राख्दै चीनले झाङ्मु एवं जिलोङ पोर्ट पुनः सुचारु गरेको विज्ञप्तिमा जनाइएको छ ।

मनसुन र महामारीका कारण बेलाबेलामा सीमानाका बन्द हुन पुगेको भन्दै दूतावासका प्रवक्ताले नाकालाई पूर्ण क्षमतामा सञ्चालन गर्न नसक्दा मालसामान ओसारपसारमा भैरहेको ढिलाईप्रति दुःख व्यक्त गरेका छन् ।

सीमानाका नियमित सञ्चालन गर्ने र सामान पास गर्ने विषयमा चीनले नेपालको चिन्तालाई महत्व दिएको बताउँदै दूतावासले छिट्टै पूर्ण क्षमतामा नाका सञ्चालन गर्ने उपायमा काम भैरहेको जनाएको छ ।

लामो समयदेखि नाका बन्द हुँदा चीनबाट आयात भएका अर्बौ मूल्यका सामान अलपत्र परेका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ६ : ५१ बजे

सूर्य नेपालको ‘टोफिचो तड्का इमिली’ बजारमा

काठमाडौं । नेपालकै अग्रणी व्यवसायिक संस्था, सूर्य नेपाल प्रा. लि.

वर्षाले केही घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ

भारतको झारखण्डका सचिवको घरबाट ३५ करोड भारु बरामद

काठमाडौं । भारतको झारखण्डका ग्रामीण विकास र संसदीय मामिला मन्त्री

शैक्षिक क्षेत्रमा भएको सिन्डिकेट तोड्छौँ : मन्त्री गंगा श्रेष्ठ

सिन्धुली । बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन

म विरुद्ध छानबिन समिति बनाउने कुनै आधार छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले