२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

रसुवागढी नाका बुधबारबाट आंशिक खुला, पूर्ण क्षमतामा नाका सुचारु गर्न प्रयत्नशील रहेको चीनको प्रतिक्रिया



काठमाडौं । नेपाल–चीन व्यापारको मुख्य लाइफलाइन रसुवागढी नाकाबाट बुधबारदेखि सामान आयात हुन थालेको छ ।

झण्डै तीनसातादेखि बन्द रहेको नाकाबाट हुने सामान आयातको काम बुधबारदेखि आंशिक रुपमा सुचारु भएको हो ।

चीनमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि गत माघ १५ गतेदेखि बन्द भएको रसुवागढी नाका गत जेठ महिनाबाट पुनः सुचारु भएको थियो ।

सामान लोड अनलोड गर्ने मजदुरमा कोरोना संक्रमण देखिएपछि गत तीन सातादेखि नाका फेरि बन्द गरिएको थियो ।

चिनियाँ दूतावासले बुधबार नै एक विज्ञप्ती जारी गर्दै सीमावर्ती पोर्ट खोलेको जनाएको छ । चिकित्सा सामाग्री एवं दैनिक आवश्यकताका वस्तुलाई ध्यानमा राख्दै चीनले झाङ्मु एवं जिलोङ पोर्ट पुनः सुचारु गरेको विज्ञप्तिमा जनाइएको छ ।

मनसुन र महामारीका कारण बेलाबेलामा सीमानाका बन्द हुन पुगेको भन्दै दूतावासका प्रवक्ताले नाकालाई पूर्ण क्षमतामा सञ्चालन गर्न नसक्दा मालसामान ओसारपसारमा भैरहेको ढिलाईप्रति दुःख व्यक्त गरेका छन् ।

सीमानाका नियमित सञ्चालन गर्ने र सामान पास गर्ने विषयमा चीनले नेपालको चिन्तालाई महत्व दिएको बताउँदै दूतावासले छिट्टै पूर्ण क्षमतामा नाका सञ्चालन गर्ने उपायमा काम भैरहेको जनाएको छ ।

लामो समयदेखि नाका बन्द हुँदा चीनबाट आयात भएका अर्बौ मूल्यका सामान अलपत्र परेका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ६ : ५१ बजे

काठमाडौंको पिंगलास्थानमा प्रहरीले चलायो गोली, एक किलोभन्दा बढी खैरो हेरोइनसहित दुई भारतीय पक्राउ

काठमाडौं । काठमाडौंको पिंगलास्थान क्षेत्रमा प्रहरीले गोली चलाएर दुई जना

छत्रगञ्ज रुपन्देही सम्पर्क समाजद्वारा सांसदहरूलाई समस्यासहितको बधाईपत्र

बुटवल । छत्रगञ्ज रुपन्देही सम्पर्क समाजको आयोजनामा शुभकामना आदान-प्रदान, नव

‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियानमा बुटवलको बदेलपोखरीबाट ११ मोटरसाइकल नियन्त्रणमा

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

६ देशका राजदूत फिर्ता गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले विभिन्न मुलुकमा राजनीतिक नियुक्तिका आधारमा खटाइएका ६

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा