२१ असार २०८३, आइतबार | July 5, 2026

काठमाडौं वडा नम्बर ३० का विभिन्न स्थानमा दृश्यसँगै तथ्याङ्क प्राप्त गर्न सकिने ‘सिसिटिभी क्यामरा’ जडान



काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३० भित्रका विभिन्न स्थानमा दृश्यसँगै तथ्याङ्क प्रदान गर्ने अत्याधुनिक ‘सिसिटिभी क्यामेरा’ जडान गरिएका छन् । जडान भएका हिकभिजनका २९ क्यामेरा एआई प्रविधिमा आधारित रहेका छन् ।

सूचना प्रविधिका नवीनतम् उपकरण उत्पादन गर्दै आएको चीनको विश्वप्रसिद्ध आइटी कम्पनी ‘हिक भिजन ब्राण्ड’ द्वारा उत्पादित क्यामरा हुन् । अति विकसित शहरमा विशेष गरेर शान्ति सुरक्षा, सडक दुर्घटना लगायत अन्य जानकारीका लागि यस्ता क्यामरा जडान गरेर सहायता लिइन्छ ।

ती क्यामेरा एआई प्रबिधिमा आधारित ‘ओपन नेटवर्क भिडियो इन्टरफेस फोरम’ (ओएनभीआइएफ) प्रोटोकलका भएका ‘हिक भिजन ब्राण्ड’ को नेपालको आधिकारिक राष्ट्रिय वितरक म्याक्सिमा मल्टिनेशन ट्रेडिङ प्रालीका प्रबन्ध निर्देशक प्रमोदकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार आठ ‘मिगापिक्सेल’ र चार ‘मेगाापिक्सेल’का ती क्यामराले ५५० मिटरसम्म दुरीका दृश्यहरु स्पष्ट रुपमा खिच्न र कैद गर्न सक्दछन् । अत्याधुनिक ‘बुलेट क्यामरा’ले ६० मिटरसम्मको स्पष्ट दृश्य दिन्छन् । उनले भने, ‘इन्बिल्ट एआई फिचर भएका यी क्यामराले सवारी साधनको नम्बर प्लेट, मानिसको अनुहार, मानिस सहित सवारी साधनको आवत जावत हेर्न, गणना गर्न र स्थिति स्पष्ट देख्न सकिन्छ । साथै पिटिजेड (स्वचालित रुपमा दायाँबायाँ घुम्ने, तलमाथि सर्ने र जुम इन र जुम आवट) हुने यी क्यामराबाट महत्वपूर्ण जानकारी , सूचना प्राप्त गर्न सहज हुनेछ ।’

अङग्रेजी नयाँ वर्षको उपलक्ष्यमा हालै आयोजित कार्यक्रममा ती क्यामरा काठमाडौं महानगरपालिका वडा नम्बर ३० को कार्यालयलाई हस्तान्तरण गरिएको म्याक्सिमा मल्टिनेशन ट्रेडिङ प्रालीका निर्देशक कमल तामाङले जानकारी दिए ।

सो अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले महानगरलाई प्रविधि मैत्री बनाईँदै लगिने नीति अनुसार महानगर भित्र फाइबर सञ्चालन प्रणाली (तार रहीत) बाट सिसिटिभी मार्फत् निगरानी गरिने लक्ष्य रहेको जानकारी दिए ।

काठमाडौं महानगरपालिका-३० का वडाध्यक्ष दलबहादुर कार्कीले अब सुरक्षाको अवस्था र अन्य निगरानीका काम सिसिटिभी क्यामरा मार्फत निगरानीकक्षबाट गर्न सकिने बताए ।

काठमाडौं महानगरपालिका-३० का वडा सचिव देवराज जोशीका अनुसार करिव ७० लाख रुपैयाँका लागतमा नयाँ किरण अल नेपाल जेभीबाट सिसिटिभी जडानका काम गराइएको हो ।

महानगरीय प्रहरीवृत्त माली गाउँका प्रमुख प्रहरी नायब उपरीक्षक धनबहादुर बोहराले सिसिटिभी क्यामेरा तेस्रो आँखा भएको बताए । उनका अनुसार यस्ता क्यामेराबाट कुनै स्थानमा घटना भएमा, अपराध भएमा त्यस्ता अपराधिलाई पक्राउ गर्ने, दुर्घटना भएमा तत्काल उद्धार गर्ने लगायतका काममा सहज हुन्छ ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ७ : ४० बजे

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा । गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर

एम्बाप्पेको निर्णायक गोलमा फ्रान्स क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । उपाधिको प्रमुख दाबेदार फ्रान्स फिफा विश्वकप २०२६ को

हात्तीको आक्रमणमा आमाछोराको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका-२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

नारायणघाट-बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक

इतिहास रच्दै मोरक्को क्वाटरफाइनलमा प्रवेश, सहआयोजक क्यानडाको विश्वकप यात्रा टुंगियो

काठमाडौं । सह-आयोजक क्यानडालाई ३-० गोलअन्तरले पराजित गर्दै मोरक्को फिफा