६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

स्वयंसेवी रक्तदाताको तेस्रो साधारणसभा, ब्लड बैक स्थापना गर्दै



बुटवल । रक्त अभियानको पहिचान बनाएको स्वयंसेवी रक्तदाता सहकारी संस्था लिमिटेडले रुपन्देहीमा ब्लड बैक स्थापना गर्ने भएको छ ।

शनिबार सम्पन्न तेस्रो वार्षिक साधारणसभामा प्रगति विवरण पेश गर्दै संस्थाका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले एक सय बेडको अस्पतालसंग सहकार्यमा ब्लड बैक स्थापनाको तयारी अन्तिम चरणमा पुगेको बताए । स्थानीय अस्पतालसंग सहकार्यमा ब्लड बैक संचालन गर्न सकिने ब्यवस्था अनुसार रुपन्देहीका दुई अस्पतालसंग पत्राचार गरिएकोमध्ये क्रिमसन अस्पतालसंग ३ चरणको छलफल भएको उनले बताए । फरक पहिचान बोकेको सहकारीबाट स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर ब्लड बैक बनाउने गरि अभियान थालेको उनले बताए ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिका उद्योग वाणिज्य, लघु उद्यम तथा सहकारी शाखा प्रमुख गुणानिधि खनालले उद्घाटन गर्दै केही सहकारीकै कारण समग्र सहकारी क्षेत्र बदनाम भएको तर्क गर्दै उनले स्थानीय शेयर सदस्यहरुबाट स्थापित सहकारीमा कुनै प्रकारको समस्या नदेखिएको बताए ।

सहकारीको पहिचान शेयर सदस्यको भुमिकाबाट निर्धारण हुने भन्दै शेयर सदस्य चनाखो हुन उनले आग्रह गरे । देशभर ३३ हजार सहकारी रुपन्देहीमा जिल्लामा १ हजार बढि संस्थाहरु छन । बुटवलमा मात्रै २५० सहकारीमध्ये १३२ बुटवल उपमहानगरपालिकामा दर्ता रहेका छन । प्रदेशमा दर्ता भएका संस्थाहरुमा नियमगमन नहुदा पनि समस्या देखिएको उनको दाबी छ ।

कार्यक्रममा संस्थाको वार्षिक बजेट प्रस्तुत गर्दै कोषाध्यक्ष प्रशन्न श्रेष्ठले आर्थिक प्रगति वितरण प्रस्तुत गर्दै साधारणसभामा शेयर सदस्यहरुबाट शेयर वृद्धि गरि १० लाख रुपैया पुयाएको जानकारी दिए । रक्तदान अभियानमा सक्रिय स्वयंसेवी रक्तदाताहरु, रक्तदान अभियानलाई प्राथमिकता दिदै अघि बढेको संस्थाबाट सहकारी शिक्षाबारे प्रचारप्रसारमा समेत जोड दिएको उनले बताए ।

कार्यक्रममा शेयर सदस्य महेन्द्र शर्मा, पुष्पा रायमाझीले रक्तदाताहरुलाई एकतावद्घ गरि सामाजिक क्षेत्रमा अग्रसरता गराई ब्लड बैक स्थापना गर्ने मुल उदेश्यलाई जोड दिएको हुदा पनि आफुहरु आकर्षित भएको बताए ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष बिमलराज भटटराईले स्थानिय स्तरमा स्थापित कुनै पनि सहकारी डुबेको ईतिहास नरहेको भन्दै यस क्षेत्रमा उत्कृष्ट सहकारीको रुपमा पहिचान दिलाउन सफल होस भन्ने शुभकामना दिए । बैकमा पैसा छ तर बजारमा लगानीको वातावरण नरहेको उनले तर्क दिदै राजनितिक अस्थिरता र आन्दोलन नरोकिदासम्म आर्थिक समृध्दि सपनामा नै सिमित रहने उनले बताए । ‘१२ खरब बैकमा पैसा थ्रुप्रिएको छ ।’- उनले भने । तरलता बढेको छ तर लगानी गर्ने वातावरण नरहेको उनले दुखेसो गरे ।

बैक घाटा नखाने तर उद्योगी ब्यापारीलाई सधै घाटा हुने सरकारको नीति परिवर्तन जरुरी रहेको उनले बताए । पुर्वाधार विकासले गति लिएपनि ब्यापारिक रुपमा प्रगतिको अवस्था नरहेको उनले दुखेसो गरे । संस्थामा हाल १५१ जना पुरुष र ६४ महिला गरि कुल २१६ जना शेयर सदस्यहरु रहेको संस्थाका सचिव जानकी नेपालले बताईन । यसैबिच कार्यक्रममा नया शेयर सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ७ : ५६ बजे

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

राँझा । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ का अमजत अली शेख विगत

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसंँ लगत्तै पर्यटकको चहलपहल बढ्न

चीन सिजाङ भूकम्प अपडेट : १६ जनाको मृत्यु, घाइते ४६ पुगे

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको नागकु शहरस्थित बाकेन काउन्टीमा

तीनदिने तीर्थाटनका लागि आज रवि लामिछाने भारत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ आजदेखि प्रदर्शनमा

काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल