१४ भदौ २०८३, आइतबार | August 30, 2026

रोल्पामा बोलेरो जीप दुर्घटना : दुई विद्यार्थीको मृत्यु, नौ घाइते



रोल्पा । रोल्पामा भएको बोलेरो जीप दुर्घटनामा दुई जना विद्यार्थीको ज्यान गएको छ भने नौ जना घाइते भएका छन्।

सुनछहरी गाउँपालिका–४ स्युरी निवासी १२ वर्षीया दीपा पुन र सोही उमेरका सुनिल विकको मृत्यु भएको प्रहरीले जनाएको छ । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी भएर घर फर्किंदै गर्दा उनीहरु दुर्घटनामा परेका थिए । गम्भीर घाइते भएका दुई जनालाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर पुर्‍याइए पनि चिकित्सकले राति साढे १२ बजे मृत घोषणा गरेका थिए।

सुनछहरी गाउँपालिका–१ गामखोलाको सेरमबाट विद्यार्थी बोकेर वडा नम्बर ४ स्युरीतर्फ जाँदै गरेको ग १ ज ६६६६ नम्बरको बोलेरो जीप गएराति करिब १० बजे अनियन्त्रित भई सडकबाट तल पल्टिएको थियो ।

दुर्घटनामा परी सुनछहरी गाउँपालिका–४ स्युरीका १२ वर्षीया अमृता पुन, १२ वर्षीया विपना घर्ती मगर, १५ वर्षीय किसन घर्ती मगर र १५ वर्षीया हस्तिरा विक, १५ वर्षीय हिमाल विक, १४ वर्षीया जमुना विक, १६ वर्षीया पवित्रा पुन, २४ वर्षीया अस्मिता विक, १७ वर्षीय शनि विक घाइते भएका छन्। घाइते सबैलाई बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  १० : १० बजे

रसुवा बाढी : हालसम्म ७ सय ९४ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार साँझ १७ः४५

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन । भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी

चीनले दिएको ३० करोड रुपैयाँ अर्थमन्त्रीमार्फत प्रधानमन्त्री राहत कोषलाई हस्तान्तरण

काठमाडौं। चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद

रसुवा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

ललितपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा