काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस २९ गते केन्द्रीय सदस्यको शपथ ग्रहण गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको परामर्श समितिको बैठकले उक्त निर्णय गरेको नेता अग्निप्रसाद सापकोटाले जानकारी दिए । विभिन्न घटकहरू मिलेर बनेको पार्टीमा २३९९ जना केन्द्रीय सदस्य रहने बताइएको छ ।
२४९९ मध्ये २९ गते करिब २३ सय सदस्यले शपथ लिनेछन् । बाँकी केही सदस्यको नामावली टुंगिन बाँकी रहेको नेकपा स्रोतले जनाएको छ ।
“बागमती प्रदेशका केन्द्रीय सदस्यको काठमाडौँ उपत्यकामा र अन्यको हकमा सम्बन्धित प्रदेशलाई जिम्मा दिइएको छ, उनीहरूले निश्चित गरेको स्थानमा शपथग्रहण समारोह गर्ने निश्चित भएको छ”, सापकोटाले भने । पुस २९ गतेसम्म सङ्गठनात्मक संरचना गठन गरिसक्ने निर्णय भएको उनले जानकारी दिए ।
*अन्यथा हुन गएकाले सच्याइएको


















प्रतिक्रिया