२५ पुस २०८२, शुक्रबार | January 9, 2026

कांग्रेस कार्यसम्पादन समिति बैठक आज पनि बस्दै



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । मंगलबार बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचनमा अन्य राजनीतिक दलसँग तालमेल गर्ने निर्णय भइसकेकाले आजको बैठकमा त्यसलाई थप स्पष्ट पार्ने तथा आगामी रणनीतिबारे विस्तृत छलफल हुने बताइएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बुधबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो । बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ लाई केन्द्रमा राखेर गठबन्धन, उम्मेदवार छनोट र चुनावी रणनीतिका विषयमा गहिरो छलफल हुने अपेक्षा गरिएको छ ।

मंगलबार बसेको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय सभा निर्वाचनको समग्र राजनीतिक अवस्था, सम्भावित सहकार्य र पार्टीको भूमिकाबारे प्रारम्भिक धारणा प्रस्तुत गरेका थिए । सो अवसरमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री फरमूल्लाह मन्सुर तथा जीवन परियारले आ-आफ्ना दृष्टिकोण र सुझाव राखेका थिए ।

आजको बैठकमा मंगलबार धारणा नराखेका अन्य नेताहरूले पनि आफ्ना विचार प्रस्तुत गर्नेछन् । विशेषगरी कुन दलसँग, कस्तो आधारमा र कुन-कुन क्षेत्रमा तालमेल गर्ने भन्ने विषयमा सहमति जुटाउने प्रयास हुने कांग्रेस नेताहरूले बताएका छन् ।

राष्ट्रिय सभा निर्वाचन नजिकिँदै जाँदा प्रमुख राजनीतिक दलहरूबीच सहकार्य र गठबन्धनबारे छलफल तीव्र बन्दै गएको सन्दर्भमा कांग्रेसको आजको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ८ : ०१ बजे

बाँकेका थारू बस्तीमा माघीको चहलपहल

राँझा । बाँकेका थारू बस्तीमा माघीपर्वको चहलपहल सुरु भएको छ

सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा नौ हजार लाइसेन्स छपाइ

काभ्रेपलाञ्चोक । पनौती नगरपालिका-५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा

किवी बिक्री नभएपछि जुस उत्पादन गर्दै महिला उद्यमी

ढोरपाटन । ताराखोला गाउँपालिकाका महिलाले किवीको जुस उत्पादन गर्न थालेका

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री वितरण नगर्न विभागको निर्देशन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा

निर्वाचन आउन ५५ दिन बाँकी : १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

काठमाडौं । निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण