१५ माघ २०८२, बिहिबार | January 29, 2026

सोलार फार्म लिमिटेडले ४ प्रतिशत बोनस शेयर दिने



पोखरा। सोलार फार्म लिमीटेडले सातौ बार्षिक सभा सम्पन्न गरेको छ । यहि पौष २१ गते सम्पन्न भएको साधारणसभाले लगानीकर्तालाई ४ प्रतिशत बोनश शेयर दिने निर्णय गरेको हो ।

साधारण सभामा कम्पनीका अध्यक्ष मोहन  गुरुड्गले आर्थिक बर्ष २०८१र२०८२ को बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । साधारणसभामा आर्थिक बर्ष २०८१र२०८२ को लेखापरिक्षण परिक्षण प्रतिबेदन बासलात,नाफारनोक्सान हिसाव,नगद प्रबाह बिबरण र तत् सम्बन्धी अनुसुची तथा NFRS  प्रणाली लागु गरी तयार पारिएको बित्तिय बिबरण पेश भएको थियो ।

साधारणसभाले आर्थिक बर्ष २०८१र२०८२ को लेखापरिक्षण प्रतिबेदन अनुसार ४ प्रतिसत  बोनस शेयरको रुपमा लाभाम्स बितरण गरीने र कर प्रयोजनको लागि ०.२५ नगद लाभांस बितरण गर्ने निर्णय गरेको छ । यस्तै कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक बर्ष २०८२र२०८३ को लेखा परिक्षण कार्यका लागि लेखा परिक्षक नियुक्ति गर्ने र लेखापरिक्षकको पारिश्रमिक निर्धारण गर्न स्विकृति माग गरेकोमा उपस्थित कार्यसमिती पदाधिकारीबाट सर्वसम्मत पास भै स्विकृती भएको थियो।

तनहुँको शुक्लागण्डकीमा संचालनमा रहेको सोलार फार्म लिमिटेडले ५ मेघाबाट क्षमता भएको अन ग्रीड सौर्य उर्जा उत्पादन गर्दै आएको छ । कम्पनीले बार्षिक रुपमा ६ करोड कारोबारगर्दै आएको छ । कम्पनीको चुक्तापूँजी ४५ करोड रहेको छ। कम्पनिले यस अघि नाफामा गएर लाभांम्स र बोनस बितरण गरिसकेको छ भने कम्पनीले आईपिओ जारी गर्दै आगामी दिनमा थप सौर्य परियोजनाहरु बिकास गर्न रुपन्देही जिल्लाको मैनहियामा ४० मेघावाट र कपिलवस्तु जिल्लाको मोतीपुरमा ५० मेघावाट गरी ९० मेघावाटको परियोजना संचालन गर्दैछ ।

 

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ४ : ४७ बजे

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण

कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको

हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै

सुनचाँदीको कीर्तिमानी मूल्यवृद्धि जारी, एक तोलाको तीन लाख ३९ हजार तीन सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।