२५ पुस २०८२, शुक्रबार | January 10, 2026

१० लाख थान नमूना मतपत्र छापियो



काठमाडौं ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदाता शिक्षा प्रयोजनका लागि नमूना मतपत्र छपाइ कार्य पुरा भएको छ ।

नेपाली सेनाको सुरक्षा घेरामा सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा नमूना मतपत्र छपाइ भएकोे आयोगले जनाएको छ । उक्त निर्वाचनको समानुपातिक र प्रत्यक्ष दुवैतर्फ गरी करिब १० लाख थान नमूना मतपत्र छपाइ भएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । आयोगको टोलीले उक्त छपाइ भएको नमूना मतपत्रबारे आजै निरीक्षण गरी जानकारी लिएको थियो ।

उक्त निर्वाचनको समानुपातिकतर्फ सेतो कागजमा कालो रङ्ग र पहिलो हुने विजयी हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ रातो रङ्ग प्रयोग गरिएको छ । शुक्रबारदेखि समानुपातिकको मतपत्र छपाइ सुरु हुने सूचना अधिकारी घिमिरेले बताए ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  ७ : १६ बजे

उपरदाङ्गढीमा कोतघर निर्माण गरी सङ्ग्रहालय

चितवन । चितवनको पुरानो सदरमुकाम उपरदाङगढीमा रहेको गढीमा कोतघर निर्माण

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा । मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

विशेष महाधिवेशनमा फरकफरक छ स्थानबाट जुलुस प्रदर्शन हुने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको

काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

काठमाडौँ । नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज

कांग्रेस बाँकेमा विज्ञप्तिको दोहोरी

नेपालगन्ज । नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको मागका आधारमा