२६ पुस २०८२, शनिबार | January 10, 2026

विशेष महाधिवेशनमा भाग लिन काठमाडौँ कांग्रेसको आह्वान



काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ जिल्ला समितिले पार्टीको ऐतिहासिक विशेष महाधिवेशनमा भाग लिन सबैलाई आह्वान गरेको छ ।

कांग्रेस काठमाडौँका जिल्ला सभापति कृष्ण सबुज बानियाँले आज एक विज्ञप्ति जारी गरी विधानको व्यवस्थाबमोजिम विशेष महाधिवेशन आह्वान भएकाले उक्त महाधिवेशनमा भाग लिन सबैलाई आह्वान गरेका हुन्् ।

विभिन्न कालखण्डका विषम परिस्थितिमा लोकतन्त्रको रक्षार्थ नेपाली कांग्रेस सदैव नेतृत्वदायी भूमिकामा उभिएको कांग्रेस काठमाडौँले जनाएको छ । सभापति बानियाँले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपश्चात् मुलुकमा संवैधानिक शून्यता भएको भन्दै यसको रक्षाका लागि कांग्रेस अग्रमोर्चामा उभिनुपर्ने उल्लेख गरेका छन् ।

कांग्रेस काठमाडौँले ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले पार्टीको विधानको धारा १७ (२) अनुसार पुस २७ र २८ मा विशेष महाधिवेशन आह्वान गरेकाले यस महाधिवेशनमा भाग लिन सबैलाई आग्रह गरेको हो ।

सभापति बानियाँले पार्टीको ऐतिहासिक विशेष महाधिवेशनमा भाग लिन आउने सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई राजधानीमा स्वागत गर्दै महाधिवेशन सफलताको कामना गरेका छन् ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  १० : १८ बजे

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, प्रतिनिधिसभा निर्वाचन तयारी र सल्लाहकार परिषद् गठनमा छलफल

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार)देखि सुरु

नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन

काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा नेपाल पत्रकार महासङ्घका

माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने

होराइजन जीबीएसको साताव्यापी वार्षिक उत्सव तथा खेल सप्ताह सुरु

बुटवल । रुपन्देहीको तिलोत्तमा-१, ड्राइभरटोलमा रहेको होराइजन जीबीएस स्कूलले विभिन्न

उपरदाङ्गढीमा कोतघर निर्माण गरी सङ्ग्रहालय

चितवन । चितवनको पुरानो सदरमुकाम उपरदाङगढीमा रहेको गढीमा कोतघर निर्माण