१६ भदौ २०८३, मंगलबार | September 1, 2026

तिनाउ नदीले खतराको जलसतह नाघ्यो, रानीगञ्जमा नदी कटानले सुकुम्बासी बस्ती जोखिममा



बुटवल । बुटवल हुँदै बग्ने तिनाउ नदीले खतराको तह नाघे पछि तिनाउ नदीको तटीय क्षेत्र र आसपासमा रहेका नागरिकहरुलाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

पूर्वानुमान शाखाका अनुसार तिनाउ नदीमा ५ दशमलव २ मिटरसम्म सतर्कताको तह र ५दशमलव ६ मिटरसम्म खतराको तह मानिने गरेकोमा बिहीबार बिहान साढे ७ बजे तिनाउको जलसतह ५ दशमलव ७१ मिटर मापन गरिएको थियो । बिगत २ दिन देखिको वर्ष जारी रहे जल सतह अझै बढ्न सक्ने शाखाले औंल्याएको छ ।

अहिले पनि गुल्मी, पाल्पा लगायत तिनाउ नदीको मुहान क्षेत्रमा निरन्तर बाढी आईरहेको हुँदा खतरा नतरेको पूर्वानुमान शाखाको भनाई छ ।

तिनाउ नदीको बहावले कटान गर्दा रुपन्देहीको रानीगञ्जस्थित सुकुम्बासी बस्ती जोखिममा परेको स्थानीयले बताएका छन् ।

आज बिहानैदेखि तिनाउले कटान गर्न थाले पछि नदिछेउ बसोबास गरिरहेका सुकुम्बासी बस्तीमा जोखिम बढेको हो ।

देशभर नै निरन्तर वर्षा भइरहेकाले देशका अधिकांश नदी तथा खोलाहरुमा बाढी आएको छ । यसअघि नै बाढी सूचना केन्द्रले बाढी आउने पूर्वानुमान गर्दै ११ गतेसम्म तटीय क्षेत्रमा नजान आग्रह गरेको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ९ : २१ बजे

रास्वपा सभापतिसँग नेपालका लागि चीनका राजदूतको भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि

पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन

गुल्मी । अविरल वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको

डीएनए परीक्षण उपकरण र हेभी ड्रोनसहित चिनियाँ सैन्य कार्गो विमान नेपालमा

काठमाडौं । चीनले बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा

बाढीग्रस्त क्षेत्रमा खर्च गर्नेगरी एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा निकासा

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ

जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले गत बुधबार रसुवाको भोटेकोशी नदीमा