१६ भदौ २०८३, मंगलबार | September 1, 2026

उर्लियो तिनाउ, ३ जनाको उद्दार, २ वटा पुल कटानको जोखिममा (फोटोफिचर)



बुटवल । बुटवल, पाल्पा र त्यस आसपास परेको लगातारको वर्षाका कारण तिनाउमा मध्यरातीबाटै ठुलो बाढी आएको छ । सोमबार रातिबाट परेको लगातारको भारी वर्षाका कारण तिनाउ नदीको जल सतहले खतराको तह पार गरेको छ ।

मौसम विज्ञान विभागले दिउँसो १२ बजेसम्म नदी अझै बढ्न सक्ने आँकलन गर्दै नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ । नदीमा आएको बाढीले तिनाउ तटीय क्षेत्र कटान समेत गरेको छ ।

पुरानो बुटवलको गणशमन्दिर नजिकको तिनाउ पुल र देबिनगर पक्की पुलमा तिनाउ उर्लेर करिब करिब पुलको माथिल्लो भागमा बाढीले छुन खोजेको छ भने योगीकुटीस्थित मगरघाट पुलको उत्तरतर्फको क्षेत्रमा समेत कटान गरेको छ । कटानको अवलोकन गर्न तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण कटान क्षेत्रमा पुगेका छन् ।

यसैबीच बुटवलको तिनाउ र दानव नदीमा फसेका दुईजनाको उद्धार गरिएको छ ।

बुटवल मजुवास्थित तिनाउ नदिको बीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मिनबहादुर गाहा र दानव नदीमा फसेका अर्का एकजना पुरूषलाई नगर प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको प्रयासमा सकुसल उद्धार गरिएको छ । बुटवल-१४ कैलाशनगरका जनक घर्तीलाई पनि स्थानीयले उद्वार गरेका छन् ।

यता बुटवल उपमहानगरले नदीकिनारमा विपदको टोली र नगरप्रहरी खटाएर सावधानी अपनाईएको जनाएको छ । नदि किनार क्षेत्रमा नगरप्रहरीले माईकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान गरेको बुटवलका नगरप्रमुख खेलराज पाण्डेयले बताए।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  १० : १२ बजे

रास्वपा सभापतिसँग नेपालका लागि चीनका राजदूतको भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि

पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन

गुल्मी । अविरल वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको

डीएनए परीक्षण उपकरण र हेभी ड्रोनसहित चिनियाँ सैन्य कार्गो विमान नेपालमा

काठमाडौं । चीनले बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा

बाढीग्रस्त क्षेत्रमा खर्च गर्नेगरी एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा निकासा

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ

जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले गत बुधबार रसुवाको भोटेकोशी नदीमा