१ कार्तिक २०८३, आइतबार | October 18, 2026

जेनजी आन्दोलनमा आगजनीबाट क्षतिग्रस्त ड्रिमल्याण्ड रिसोर्टका सञ्चालक रानाले गरे बाढी पीडितलाई ५ लाख बढी सहयोग



बुटवल । गत वर्ष भाद्र २३/२४ को जेनजी आन्दोलनमा आगजनी गरि पूर्ण क्षति भएको बुटवल स्थित ड्रिम इन्टरनेश्नल होटल र तिलोत्तमाको मणिग्राम स्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टका संचालक गोपाल रानाले बाढी प्रभावितको राहतका लागि आर्थिक सहयोग प्रदान गरेका छन् ।

युवा व्यवसायी रानाले रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि ५ लाख ३ हजार रुपैयाँ प्रदान गरेका हुन् ।

ड्रिम इन्टरनेश्नल होटल प्रालिको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गरिएको रानाले बताए । रुपन्देहीमा लामो समयदेखि पर्यटन व्यवसाय गर्दै आएका रानाले शैक्षिक क्षेत्रको बिकासका लागि विभिन्न सामुदायिक विद्यालयहरुमा अक्षकोष स्थापना गर्नुका साथै, अपाङ्गता भएका, अभिभावक विहिन बालबालिका तथा सहयोगापेक्षि मानवहरुका लागि सहयोग प्रदान गर्दै आएका छन् ।

गत वर्ष भाद्र २३र२४ को जेनजी आन्दोलनमा रानाले बुटवलमा सञ्चालन गर्दै आएको ड्रिम इन्टरनेश्नल होटल र तिलोत्तमाको मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा आगजनी गरि पूर्ण क्षति भएको थियो ।

प्रकाशित मिति : १६ भदौ २०८३, मंगलबार  ५ : ०८ बजे

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर । नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका

समाजसेवी गोपाल रानाले दसैँ खर्च कटाएर जेष्ठ नागरिकका लागि दिए २ लाख रकम

बुटवल । समाजसेवी तथा युवा व्यवसायी गोपाल रानाले आफ्नो दसैँ

भारतीय प्रियागोल्ड बिस्कुटको आयात/बिक्रीमा नेपालमा रोक, बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं । भारतमा उत्पादित प्रियागोल्ड ब्रान्डका बिस्कुटमा मानव उपभोगका लागि

वेष्ट इण्डिजका चर्चित क्रिकेटर रसेलले विराटनगरबाट एनपिएल खेल्ने

काठमाडौं । वेष्ट इण्डिजका चर्चित क्रिकेट खेलाडी आन्द्रे रसेलले नेपाल

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको