२८ भदौ २०८३, आइतबार | September 13, 2026

नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन



काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति होमनाथ दाहालको गए राति निधन भएको छ ।

केही समयदेखि घुँडासम्बन्धी समस्याबाट अस्वस्थ्य भई मैतीदेवीस्थित आफ्नै घरमै उपचारमा रहेका ८४ वर्षीय पूर्वकृषि, सहकारी तथा गरिबी निवारणमन्त्री दाहाललाई हृदयाघात भएपछि उपचारका क्रममा गए राति वीरअस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

ओखलढुङ्गा जिल्लाको तत्कालीन बरुणेश्वर गाउँपालिकामा जन्मिएका दाहाल नेपाली कांग्रेसको मुखपत्र राष्ट्रपुकार साप्ताहिकको सम्पादक थिए । उनले नेपाली कांग्रेस ओखलढुङ्गा जिल्ला सदस्य तथा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक)का केन्द्रीय सदस्यसमेत भएर जिम्मेवारी सम्हाले । उनका पार्थिव शरीर आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । उनका श्रीमती, दुई छोरा छन ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ७ : ४४ बजे

सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते

त्रिवेणी । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको

प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह

म्याग्दी । कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ (सामूहिक लोकसङ्गीत