२८ भदौ २०८३, आइतबार | September 13, 2026

रास्वपाद्वारा उज्यालो नेपाल पक्षका १७ समानुपातिक उम्मेदवारको नाम हटाइयो, दलित क्लस्टरको पहिलो नम्बरमा रीमा विश्वकर्मा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीतर्फबाट समावेश गरिएका १७ जना समानुपातिक उम्मेदवारको नाम हटाउँदै सूची अद्यावधिक गरेको छ । रास्वपाले आइतबार बिहान निर्वाचन कार्यालयमा पुगेर समानुपातिक उम्मेदवारको संशोधित सूची दर्ता गराएको हो ।

अद्यावधिक सूचीअनुसार दलित क्लस्टरको पहिलो नम्बरमा रहेकी रीमा विश्वकर्माबाहेक उज्यालो नेपाल पक्षसँग सम्बन्धित सबै समानुपातिक उम्मेदवारको नाम काटिएको छ । रास्वपाका एक नेताका अनुसार रीमा विश्वकर्मा रास्वपामै रहने निर्णय गरेकाले उनको नाम सूचीमा यथावत् राखिएको हो ।

“रीमा विश्वकर्मा दलित क्लस्टरको पहिलो नम्बरमा हुनुहुन्छ । उहाँ रास्वपामै रहने भएपछि उहाँको नाम मात्र नकाटिएको हो,” ती नेताले भने, “उज्यालो नेपाल पार्टीसँगको सहमति तोडिएसँगै कुलमान पक्षका १७ जना समानुपातिक उम्मेदवारको नाम सूचीबाट हटाइएको छ ।”

यसअघि रास्वपा र उज्यालो नेपाल पार्टीबीच भएको सहमतिअनुसार उज्यालो नेपाल पक्षलाई उपसभापति पदसहित समानुपातिक उम्मेदवार सूचीमा ३० प्रतिशत हिस्सा दिने सहमति भएको थियो । तर, उक्त सहमति शनिबार (पुस २६) औपचारिक रूपमा भंग भएपछि रास्वपाले समानुपातिक सूची पुनःसंरचना गरेको हो ।

रास्वपाले कुलमान घिसिङ पक्षका १७ जना उम्मेदवार हटाएर रास्वपा र बालेन शाह पक्षबाट ११० जना समानुपातिक उम्मेदवारको सूची अद्यावधिक गरी निर्वाचन कार्यालयमा बुझाएको जनाएको छ । पार्टीभित्रको एकता प्रक्रिया विफल भएपछि त्यसको प्रत्यक्ष असर समानुपातिक उम्मेदवारको सूचीमा परेको रास्वपाले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ४ : २३ बजे

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको

प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह

म्याग्दी । कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ (सामूहिक लोकसङ्गीत

सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

सुदूरपश्चिम । “सुदूरपश्चिम जडिबुटीको भण्डार नै हो । प्रदेशमा करिब