१८ श्रावण २०८३, सोमबार | August 3, 2026

सुनिल शर्माको देउवालाई आग्रहः ‘रोइलो छोडेर बन्दसत्र उद्घाटनमा आउनुस्’



काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको बन्दसत्र उद्घाटनमा सहभागी हुन आग्रह गरेका छन् । विशेष महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले भोलि हुने बन्दसत्रमा देउवाको उपस्थितिले पार्टीभित्र सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे ।

शर्माले सभापति देउवालाई आफ्ना पिता समानको संज्ञा दिँदै अब निराश भएर बस्ने समय नभएको बताए । “कोही के भन्छन् भनेर रोइलो गर्ने अवस्था होइन,” उनले भने, “त्यो रोइलो छोडेर सरक भोलि बिहान बन्दसत्रको हल उद्घाटनमा आउनुस् ।”

उनले पार्टीलाई विभाजनतर्फ लैजान नहुनेमा जोड दिँदै नेतृत्वलाई सहमतिका विभिन्न विकल्प प्रस्तुत गर्न सकिने बताए । “हामी तपाईंलाई पाँच-सात वटा विकल्प दिन सक्छौँ,” शर्माले भने, “पार्टी नफुटाइकन, एकताबद्ध भएर समाधान खोज्ने बाटोमा अघि बढ्न सकिन्छ ।”

शर्माले विशेष महाधिवेशनको मूल उद्देश्य पार्टीभित्र देखिएका असहमति र असन्तुष्टिलाई संवादमार्फत समाधान गर्नु रहेको उल्लेख गरे । उनले नेतृत्वले सबै पक्षलाई समेट्ने निर्णय गर्न सके कांग्रेस थप बलियो बन्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ४ : २७ बजे

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं

माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै

काठमाडौं ।  राजधानीको केन्द्र मानिने माइतीघर मण्डलाक्षेत्र सामान्य वर्षा हुँदा

सिन्धुलीमा बसको ठक्करपछि सुनकोशीमा कार वेपत्ता

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी राजमार्गमा सोमबार बिहान

‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ को अवधारणा कार्यान्वयन गर्न