१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

बहुमत महाधिवेशन प्रतिनिधि जता हुन्छन्, त्यहीँ पार्टी हुन्छ : महेश आचार्य



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यले बहुमत महाधिवेशन प्रतिनिधि जता हुन्छन्, त्यहीँ पार्टी हुने जिकिर गरेका छन् ।

कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै आचार्यले विशेष महाधिवेशनले दिएको उपस्थिति र बहुमतले पार्टीको वास्तविक दिशा तय गर्ने जिकिर गरे । उनले भने, ‘जहाँ बहुमत महाधिवेशन प्रतिनिधि हुन्छन्, त्यहीँ पार्टी हुन्छ । आचार्यले अब कुनै पनि पार्टी नेतृत्वले महाधिवेशन प्रतिनिधिहरूको बहुमतको आवाजलाई बेवास्ता गर्ने अवस्था नआउने दाबी गरे। उनका शब्दमा, ‘अबदेखि बहुमत प्रतिनिधिलाई लत्याउने सोचलाई ठाउँ दिने छैन, विशेष महाधिवेशनले विधिको स्थापना गर्नेछ।’

आचार्यले विशेष महाधिवेशनले अभिमानी पदाधिकारीहरूलाई पनि विधि र विधानको मार्गमा आउन बाध्य बनाउनले बताए । उनले पार्टी नेतृत्व र संरचना विधि-विधानअनुसार सञ्चालन गर्नुपर्ने आवश्यकता अहिलेको विशेष महाधिवेशनले स्पष्ट सन्देशका रूपमा दिएको बताए । उनले नेताको पछाडि होइन, कार्यकर्ता उभिएको ठाउँमै पार्टी स्थापित हुने व्यवस्था बनाउनुपर्ने धारणा राखे।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ६ : ०५ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले

चिनिया विज्ञले औंल्याए हिमपहिरो विनाशकारी हुनुका चार प्रमुख कारण

बेइजिङ । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने ग्यिरोङ काउन्टीमा

पलाञ्चोक भगवतीमा क्षमा पूजा

बनेपा । पलाञ्चोक भगवतीको मूर्तिमा आज क्षमा पूजा सम्पन्न गरिएको

Chinese President Xi extends condolences over mudslide disaster in Nepal

BEIJING : Chinese President Xi Jinping on Friday sent a

चिनियाँ राष्ट्रपति सीले नेपाली समकक्षी पौडेललाई पठाए समवेदना सन्देश

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल-चीन सीमा क्षेत्रको ग्यिरोङ–रसुवा