१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

कांग्रेस विशेष महाधिवेशन : बन्दसत्रको समय ८ बजेबाट १० बजेका लागि सारियो



काठमाडौँ । सोमबार बिहान ८ बजेबाट हुने भनिएको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र बिहान १० बजेका लागि सारिएको छ । देशभरबाट महाधिवेशन प्रतिनिधि थपिने क्रम जारी रहेपछि बन्दसत्रको समय थपिएको हो ।

उदघाटन सत्रको दिन (आज) साँझ सम्म ६२ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिहरुले नाम दर्ता गराएको दाबी गरिएको छ । दुई हजार दुई सय भन्दा बढी महाधिवेशन प्रतिनिधिले उपस्थिती दर्ता गरेको भनिए पनि फाइलहरू रुजु गर्नुपर्ने भएकाले सोमबारमात्र यकिन विवरण आउने छ ।

विशेष महाधिवेशनको प्रचार प्रसार संयोजक सुवास पोखरेलले बिहान ८ बजेदेखि दर्ता र खाजाको क्रम सुरु हुने र १० बजेदेखि बन्द सत्र चालु हुने जानकारी दिए ।

काठमाडौं उपस्थित भएका कतिपय प्रतिनिधिले आइतबारको उद्घाटनका कारण दर्ता नभ्याएको पाइएकाले सोमबार बिहान ८ बजेदेखि पुनः दर्ता प्रक्रियाले निरन्तरता पाउने विशेष महाधिवेशन पक्षका एक नेताले बताए ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ८ : ४६ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले

चिनिया विज्ञले औंल्याए हिमपहिरो विनाशकारी हुनुका चार प्रमुख कारण

बेइजिङ । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने ग्यिरोङ काउन्टीमा

पलाञ्चोक भगवतीमा क्षमा पूजा

बनेपा । पलाञ्चोक भगवतीको मूर्तिमा आज क्षमा पूजा सम्पन्न गरिएको

Chinese President Xi extends condolences over mudslide disaster in Nepal

BEIJING : Chinese President Xi Jinping on Friday sent a

चिनियाँ राष्ट्रपति सीले नेपाली समकक्षी पौडेललाई पठाए समवेदना सन्देश

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल-चीन सीमा क्षेत्रको ग्यिरोङ–रसुवा